कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

श्रीलंकाका प्रस्तावित राजदूत भट्टराईको स्नातक पासको प्रमाणपत्र नै सुनुवाइ समितिले भेटेन

आश्विन ३, २०८१
श्रीलंकाका प्रस्तावित राजदूत भट्टराईको स्नातक पासको प्रमाणपत्र नै सुनुवाइ समितिले भेटेन

Highlights

  • राजदूत नियुक्तिसम्बन्धि निर्देशिकाअनुसार स्तातक तहक पास गरेको हुनुपर्छ । प्रमाणपत्र नभेटिएपछि अनुमोदन गर्ने कि नगर्ने समितिका सांसदहरू छलफलमा

काठमाडौँ — सरकारले श्रीलंकाका लागि प्रस्तावित गरेका रामकृष्ण भट्टराईले स्नातक पास गरेको प्रमाणपत्र संसदीय सुनुवाइ समितिले भेटेको छैन । प्रस्तावित राजदूत भट्टराईले स्नातक पास गरेको प्रमाणपत्र नभेटिएपछि अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सुनुवाइ समितिमा छलफल भइरहेको छ । 

समितिको बिहीबारको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक गरेको प्रमाणपत्र नभेटिएको अवस्थामा के गर्ने भनी समिति सदस्यहरूलाई छलफल गर्न भनेकी छन् । उनलाई राजदूतमा अनुमोदन गर्दा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ विपरीत हुने कि नहुने भन्ने विषयमा छलफल भइरहेको छ ।

निर्देशिकामा राजदूत पदमा नियुक्त हुनका लागि स्नातक पास गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाको दफा ३ (छ)मा लेखिएको छ, 'नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधी हासिल गरेको ।'

समिति सदस्य श्यामकुमार घिमिरेले श्रीलंकाका लागि प्रस्तावित राजदूतको शैक्षिक प्रमाणपत्रका सम्बन्धमा प्रश्न उठेपछि अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । उनको नाम अनुमोदन गरेर जाँदाखेरि निर्देशिकाको व्यवस्था उलंघन हुने कि नहुने सम्बन्धमा समितिमा छलफल भइरहेको घिमिरेले जानकारी दिए ।

समितिमा इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिनालाई अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।

प्रकाशित : आश्विन ३, २०८१ १३:४०
×