कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

आश्विन ३, २०८१
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बुधबार सुरु भएको बैठक गत साउन २७ देखि ३० गतेसम्म सम्पन्न केन्द्रीय समिति बैठकपछि पूर्णता पाएको कार्यकारिणी समितिको प्रथम बैठक हो । यो ३४ सदस्यीय रहेको छ । बैठक शुक्रबार सम्पन्न हुने कार्यक्रम छ ।

बैठकले नेतृत्व एवं कार्यकारिणी समितिको जिम्मेवारी निर्धारण गर्नुका साथै केन्द्रीय विभागहरु गठन, केन्द्रीय सचिवालय गठन, केन्दीय कार्यालय समिति गठन, प्रदेश स्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गर्नेछ ।

त्यस्तैगरी, हाल जारी रहेको जनतासँग जसपा नेपाल अभियानको समीक्षा र यसको प्रभावकारिता, पेसागत एवं भ्रातृ संगठनहरुको परिचालन, अनुगमन, निरीक्षण र समन्वय लगायत बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ ।

जसपा नेपालको कार्यकारिणी समिति र केन्द्रीय समितिले पूर्णतः पाइसकेका छन् । गत जेठमा जनकपुरमा सम्पन्न महाधिवेशनले पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कार्यकारिणी समिति र केन्द्रीय समिति मनोनयन गर्ने जिम्मेवारी दिएको थियो ।

प्रकाशित : आश्विन ३, २०८१ १४:२५
×