कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आरआरए बास्केटबलको क्वाटरफाइनल समीकरण

भाद्र २९, २०८१
आरआरए बास्केटबलको क्वाटरफाइनल समीकरण

काठमाडौँ — प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।  

ब्वाइजमा एलआरआईले ज्ञान निकेतन, सेन्ट जेभियर्सले ओएसिस, राराहिलले भ्याली पब्लिक तथा पुष्पसदनले विल्सन एकेडेमीविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

गर्ल्सको क्वाटरफाइनलमा सेन्ट मेरिज ‘ए’ र काठमाडौं शिक्षालय, रेडियन्ट पब्लिक र राराहिल, भ्याली पब्लिक र द एक्सेल्सियर तथा सेन्ट मेरिज ‘बी’ र इनोभेटिभबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक रेडियन्ट रिडर्स एकेडेमीको कोर्टमा भइरहेको प्रतियोगिता आइतबार सकिनेछ । विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : भाद्र २९, २०८१ २०:२७
×