कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

युनाइटेड गोल्डकप फुटबल : रड्स रामपुरलाई उपाधि

भाद्र २९, २०८१
युनाइटेड गोल्डकप फुटबल : रड्स रामपुरलाई उपाधि

पूर्वीनवलपरासी — गिरुबारीमा शनिबार सम्पन्न युनाइटेड गोल्डकपको उपाधि रड्स रामपुरले जितेको छ । फाइनल खेलमा वातासिनो योङ्गस्टार कावासोतीलाई शून्यकाविरुद्ध १ गोलले पराजित गर्दै रड्स रामपुर चितवनले उपाधि चुमेको हो । पहिलो हाफमा कुनै गोल हुन सकेन ।

खेलको दोस्रो हाफको १२ औं मिनेटमा समिप ढकालले रड्स रामपुरका लागि गरेको गोल नै निर्णायक भएको हो । विजेता रड्स रामपुरले ट्रफीसहित नगद २ लाख ५० हजार जितेको छ ।

उपविजेता वातासिनो कावासोतीले ट्रफीसहित १ लाख ५० हजार हात पारेको छ ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी वातासिनो योङ्गस्टार कावासोतीका प्रकाश पुन, सर्वाधिक गोलकर्ता प्रतियोगितामा ६ गोल गरेका रड्स रामपुरका अनिल रानामगर र प्रतियोगिताको अनुशासित टिम एभरेस्ट क्लब चितवनले जनही ८/८ हजार नगद, ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।

प्रतियोगिताको विजयी टिमलाई अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्बाङ, हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह रानाले पुरस्कार वितरण गरेका थिए ।


प्रकाशित : भाद्र २९, २०८१ २०:०५
×