कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजस्व परिचालनमा कुनै कम्प्रमाइज हुने छैन : अर्थमन्त्री पौडेल

भाद्र २७, २०८१
राजस्व परिचालनमा कुनै कम्प्रमाइज हुने छैन : अर्थमन्त्री पौडेल

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । काठमाडौंमा बिहीबार भन्सार विभागको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । 

राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरुलाई पौडेलले निर्देशन दिए । उनले राजश्व परिचालनमा कुनै पनि सम्झौता नहुने उल्लेख गरे ।

'राजश्वको लक्ष्य पूरा गर्ने कुरामा लक्ष्य पूरा गर्ने मात्रै होइन, कतिपय ठाउँमा लक्ष्य क्रस गर्न पनि सकिने अवस्था छ । राजश्वको लक्ष्य पूरा गर्ने र राजश्व परिचालनको अधिकतम सम्भवना पूरा गर्ने हिसावले अघि बढ्नुहोला । राजश्व परिचालनमा कुनै पनि कम्प्रमाइज हुने छैन,' अर्थमन्त्री पौडेलले भने ।

गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण उनले गराए । अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौती रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । कैयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने उनको भनाइ छ ।

प्रकाशित : भाद्र २७, २०८१ १२:२७
×