कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

तोलामा एक सयले घट्यो सुनको मूल्य

भाद्र २७, २०८१
तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ — स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : भाद्र २७, २०८१ ११:४६
×