कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरोसँगै झरेको ढुंगाले लागेर महिलाको मृत्यु

भाद्र २९, २०८१

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका-३ लिङखिमको फेसेवामा पहिरोसँगै झरेको ढुंगाले लागेर घाइते निर्मला गुरुङको मृत्यु भएको छ । 

जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । शनिबार दिउँसो सदरमुकाम फुङलिङबाट फक्ताङलुङतर्फ जाँदै गरेको पिकअप भ्यानमा माथिबाट झरेको ढुंगाले लागेर २६ वर्षीया गुरुङ घाइते भएकी थिइन् ।

स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । प्रहरी निरीक्षक बस्नेतका अनुसार मे १ ज १३६२ नम्बरको भ्यानलाई सडक माथिबाट झरेको पहिरो सहितको ढुंगाले लागेको थियो ।

प्रकाशित : भाद्र २९, २०८१ २०:४४
×