कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

मनमोहन विश्वविद्यालय प्रदेशकै गौरव : मुख्यमन्त्री कार्की  

आश्विन २, २०८१
मनमोहन विश्वविद्यालय प्रदेशकै गौरव : मुख्यमन्त्री कार्की  

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई प्रदेशको गौरवका रूपमा स्तरोन्नति गरिने प्रतिबद्धता जनाएका छन् । 

विश्वविद्यालयको चौथो साधारण सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका मुख्यमन्त्रीले स्थापनाको छोटो समयमा विश्वविद्यालयले पाएको सफलता प्रसंशनीय रहेको बताए ।

मुख्यमन्त्री कार्कीले एक वर्षभित्र स्वास्थ्यतर्फका प्राविधिक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी सरकारले अस्पतालसमेत हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । उनले प्रदेश सरकारको दायित्वअनुसार विश्वविद्यालयलाई नियमित पर्याप्त बजेटसमेत उपलब्ध गराउने जनाए ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक सुवासश्री पोखरेलले नेपालका पहिलो प्राविधिक विश्वविद्यालयलाई प्रदेश सरकारले गौरवका रूपमा लिएर भौतिक संरक्षण निर्माण र शैक्षिक कार्यक्रम सञ्चालनमा चासो दिनुपर्ने धारणा राखे ।

विश्वविद्यालयले यसै वर्षदेखि अस्पताल व्यवस्थापनमा पठनपाठन गराउन विद्यार्थी भर्ना लिइसकेको र चाँडै व्यवस्थापन र कानुन विषयमा पनि कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जनाए ।

मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढामा रहेको विश्वविद्यालयले निकट भविष्यमा मेडिसिन टेस्टिङ प्रयोगशाला पनि स्थापना गर्ने योजना बनाएको छ ।

प्रकाशित : आश्विन २, २०८१ ०९:५८
x
×