कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

आयोजना स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक : अग्रवाल

भाद्र २७, २०८१
आयोजना स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक : अग्रवाल

काठमाडौँ — नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी लगानी आकर्षित गर्न सरकारले आयोजना स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।पाँचौं नेपाल पूर्वाधार सम्मेलनका अवसरमा बिहीबार बोल्दै अग्रवालले परियोजना स्वीकृति प्रक्रिया सुव्यवस्थितसँगै राजनीतिक, नीतिगत जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने बताएका हुन् ।

जलवायु परिवर्तनको जोखिमलाई मध्यनजर गर्दै दिगो विकास महत्त्वपूर्ण रहेको उनले जनाए । हरितवित्त र जलवायु कोषमा पहुँचलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई जलवायु–उत्थानशील कृषि, प्राकृतिक बाढी व्यवस्थापन र प्रकृति–सकारात्मक आर्थिक विविधिकरण जस्ता क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरे ।

पूर्वाधारमा स्रोत परिचालन गर्न अग्रवालले निजी इक्विटी, पूर्वाधार कोष, स्थानीय मुद्राको बन्ड र सार्वभौम क्रेडिट रेटिङसहितका पाँच वित्तीय उपकरणको प्रस्तावसमेत गरेका छन् । देशमा सुशासन, पारदर्शीता र जवाफदेहितामा सुधार गर्दै लगानीकर्ताहरूका लागि अनुकूल परिस्थिति सिर्जना गर्न उनले सरकारसँग आग्रह गरे ।

प्रकाशित : भाद्र २७, २०८१ १७:१८
×