कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हंगेरियन बेन्समाथि विवेकको जित

भाद्र २९, २०८१
हंगेरियन बेन्समाथि विवेकको जित

काठमाडौँ — नेपाली खेलाडी विवेक थिङले हंगेरीको बुडापेस्टमा भइरहेको ४५ औं चेस ओलम्पियाडको दोस्रो चरणमा शतप्रतिशत जित निकालेका छन् ।

उनले शनिबार आयोजक हंगेरीका अन्तर्राष्ट्रिय खेलाडी बाकी बेन्सलाई हराएका हुन् । विवेकले पहिलो चरणमा जर्मनीका खेलाडीलाई हराएका थिए ।

क्यान्डिडेड मास्टर विवेकले अब तेस्रो चरणको खेलमा हंगेरीयन आईएम मेसजारोस आन्द्राससँग प्रतिस्पर्धा गर्नेछन् । नेपालका शीर्ष २२८२ रेटेड विवेकले २११९ रेटेड आन्द्राससँग कालोगोटीबाट खेल्नेछन् ।

बुडापेस्टको स्पोर्ट्स हलमा भइरहेको प्रतियोगिता नेपालबाट विवेक मात्र सहभागी छन् । नेपालका अन्य प्रतिस्पर्धी खेलाडी भने भिसा नपाएका कारण सहभागी हुन पाएनन् ।

विवेकले दुई खेलबाट ४ रेटिङ वृद्धि गरिसकेका छन् । यस प्रतियोगिताबाट १८ रेटिङ वृद्धि गर्न सके २३०० रेटिङ पर्फर्मेन्सका आधारमा पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने नेपाल बुद्धिचाल महासंघले जनाएको छ ।

अस्ट्रेलियाबाट हंगेरी पुगेका विवेकले युरोपियन भूमिमा राम्रो खेल पस्केर बुद्धिचालमा सम्भावना जगाएका हुन् । विजेता हुनेले ३ सय ७५ युरो, दोस्रोले ३ सय युरो, तेस्रोले २ सय ५० युरो पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : भाद्र २९, २०८१ २१:४०
×