कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

लगानी बोर्डको सीईओमा ज्ञवाली नियुक्त 

भाद्र २७, २०८१
लगानी बोर्डको सीईओमा ज्ञवाली नियुक्त 

काठमाडौँ — लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरका ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो ।

सिफारिस समितिले छनोट गरेका ५ जना उम्मेदवारहरूमध्येबाट उनलाई सीईओमा नियुक्त भएका हुन् । ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए ।

समितिले ज्ञवालीसहित अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगानालाई सिफारिस गरेको थियो । उनीहरूमध्ये ३ जनाको अन्तिम सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिएको थियो ।


प्रकाशित : भाद्र २७, २०८१ २२:१२
×