संघीय मामिलामन्त्री नै भन्छन्- 'कर्मचारी सरुवामा राजनीतिक दबाब थेग्नै सकिएन'
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले राजनीतिकर्मी, जनप्रतिनिधि र कर्मचारीको दबाबका कारण मन्त्रालयले कर्मचारी सरुवालाई व्यवस्थित गर्न नसकेको बताए । उनले संघीय मन्त्रालयले संघीयताको भन्दापनि कर्मचारी सरुवामा समय बिताउनुपरेको भन्दै मन्त्री जोशीले स्थानीय तहहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन गर्नुपरेको उल्लेख गरे ।