विधानबारे यस्तो भनिन्छ, ‘संविधान आफैंले सास फेर्दैन । मानवहरूले संविधान प्रयोगमा ल्याउन थालेपछि संविधानले सास फेर्न थाल्छ र जीवन्त हुन्छ । हुर्कन र बढ्न थाल्छ । समय बित्दै जाँदा यसको ढाँचा र स्वरूपमा परिवर्तन आउन थाल्छ । नयाँ स्वरूप र नयाँ अर्थ राख्छ । प्रयोगकर्ता मानव समुदायको स्वभाव र बानी तथा समय र परिवर्तनको प्रभाव संविधानमा पर्छ । समय र परिस्थितिभन्दा पनि मानिसले नै संविधानको भविष्य निर्धारण गर्छ ।’
नेपालमा सर्वोच्च अदालत लामो समय नेतृत्वविहीन हुनु नौलो होइन । दामोदर शर्मा, दीपकराज जोशी, दीपककुमार कार्की महिनौं कायममुकायम (कामु) भएकै हुन् । हरिकृष्ण कार्कीको लामो समय कामु अवस्था यही गलत प्रवृत्तिको निरन्तरता थियो ।
राष्ट्रपतिले सर्वोच्च अदालतले ज्यान मुद्दामा कसूरदार ठहर गरेको व्यक्तिलाई पूर्ण पाठ पनि नआइकन माफी दिनुभयो । अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरण गर्नुभयो । माफी प्रकरणमा विवाद स्वाभाविक हो । तर प्रमाणीकरणमा विवाद बन्न नपर्ने हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ‘मानव तस्करी काण्ड’ मा संलग्न उपप्रधानमन्त्रीलाई बचाउन एक नेताबाट प्रयास भयो । मिडियाले थाहा पाएपछि कुरा फेरियो र भन्न थालियो— ‘निरपराधी नपरून्, दोषी नउम्किऊन् ।’
नेपालजस्तो गरिब देशले शरणार्थी धान्न सक्दैनथ्यो । तत्कालीन नेपाली कांग्रेसको सरकारले लोकप्रियताका लागि भुटानी नागरिकहरूलाई शरण दियो । त्यसको फल अहिले भोगिँदै छ ।
मेरो विचारमा अमेरिकाको न्याय प्रणालीलाई राम्रोसँग सञ्चालन गर्ने कर्तव्य प्रधानन्यायाधीशको हो । यदि म अनुमोदित भएँ भने मेरो बाँकी जिन्दगीको प्रत्येक ऊर्जा, प्रत्येक पल यसैमा समर्पण गर्नेछु ।’ अमेरिकाका पन्ध्रौं प्रधानन्यायाधीश वारेन ई बर्गरले ३ जुन १९६९ मा सिनेटमा सुनुवाइ हुँदा ‘सिनेट जुडिसियरी कमिटी’ का अध्यक्षले सोधेको प्रश्नमा दिएको जवाफ हो यो ।
गएको माघ २९ गते संसद्मा राष्ट्रपतिको सम्बोधन थियो । राष्ट्रपतिको सवारीका लागि शीतलनिवासदेखि संसद्भवनसम्मको सडक खाली गराइएको थियो । मानौं कुनै आतंककारी बमगोलासहित मध्यसहरमा छिर्यो, नागरिकलाई बन्धक बनायो, सेनाले स्थानीय घरहरू खाली गरायो र आतंककारीलाई गोली हान्ने पोजिसन लिएर बसेको वातावरण थियो ! प्रत्येक सवारीमा त्यस्तै आतंकित वातावरण सृजना गर्ने गरिन्छ ।
स्वार्थी समर्थनको सरकार नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री पद आधा–आधा अवधि बाँड्ने सर्तमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल धारा ७६(२) को प्रधानमन्त्री नियुक्त भएको लामो समयपछि मन्त्रीपरिषद्ले पूर्णता पायो ।
आम निर्वाचन र अन्तरिम सरकारआम निर्वाचन सम्पन्न भयो । नेपाली कांग्रेसले समानुपातिकसमेतको बलले ८९ र विपक्षी एमालेले ७८ सिट ल्याए । मत बाँडिएकाले सरकार स्थिर नहुने संकेत देखिइसक्यो । यो लेख लेख्दालेख्दै वर्तमान कामचलाउ सरकारले दुइटा संवैधानिक उल्लंघन गर्यो ।
संविधान लागू भएको सात वर्ष भयो । दोस्रो आम निर्वाचन हुँदै छ । प्रजातन्त्र स्थापना भएको तेत्तीस वर्ष भयो, राजनीतिक संस्कार बस्न सकेन । पहिला पाँच वर्षमा भ्रष्टाचार र कुशासन झन् बढ्यो । बहुमतको सरकार थियो । विकास गर्न राजनीतिक र प्राकृतिक अवरोध थिएन । प्रधानमन्त्रीमा भिजन र राजनीतिक इमानदारी देखिएन ।