कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

काभ्रेको बेथानचोकमा एक घर जल्यो 

काठमाडौँ — काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–६ स्थित भुग्देउमा विद्युत् सर्ट आगजनी हुँदा एक घर जलेर नष्ट भएको छ । शनिबार राति १०:४५ बजे स्थानीय सुदीप ओझाको घरमा विद्युत् सर्ट भई आगजनी हुँदा पूर्ण रूपमा क्षति भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । 

काभ्रेको बेथानचोकमा एक घर जल्यो 

उनका अनुसार शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान २:३० बजे स्थानीय, जनप्रतिनिधिको प्रयासमा निभाइएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगलागीबाट पीडित परिवारको २० लाख बराबारको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट पीडित परिवारलाई पालिकाबाट राहत वितरण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रकाशित : वैशाख २३, २०८१ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?