कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

नेप्से साढे २४ अंकले घट्यो, ३ अर्ब ७९ करोडको कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २४.५८ अंकले घटेर १ हजार ९ सय ७४.३७ अंकमा ओर्लेको छ ।

नेप्से साढे २४ अंकले घट्यो, ३ अर्ब ७९ करोडको कारोबार

अघिल्लो दिनको तुलनामा यो १.२३ प्रतिशतले कम हो । गत बिहीबार ७.३१ अंकले घटेर बन्द भएको नेप्सेले आइतबार पनि सोही प्रवृति पछ्याएको हो ।

आइतबार कारोबारमा आएकामध्ये ४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ९६ वटाको घट्यो र बाँकी ७ वटाको स्थिर रहयो । उक्त दिन ६० हजार ५ सय २३ वटा कारोबारबाट ९७ लाख ७२ हजार ८ सय ३ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत बिहीबार ४ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : वैशाख २३, २०८१ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?