कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

उत्पादन वृद्धि गर्ने बजेट ल्याउन माओवादीका विभाग प्रमुखले अर्थमन्त्रीलाई दिए सुझाव

काठमाडौँ — माओवादीका विभिन्न विभागहरूले नयाँ बजेटमा रोजगारी सिर्जना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजना ल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् । माओवादीको अर्थ विभागका प्रमुख समेत रहेका मन्त्री पुनले आइतबार पार्टी कार्यालयमा विभागका प्रमुखहरूसँग छलफल गरेका थिए ।

उत्पादन वृद्धि गर्ने बजेट ल्याउन माओवादीका विभाग प्रमुखले अर्थमन्त्रीलाई दिए सुझाव

बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक/सामाजिक रुपमापछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुले सुझाए ।

अर्थमन्त्री पुनले सहभागितामुलक रुपमा बजेट निर्माण गरिने बताएको उनको सचिवालयले जनाएको छ । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनले जानकारी दिए । आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : वैशाख २३, २०८१ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?