सत्तारुढ दल जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ पार्टी

वैशाख २३, २०८१

कान्तिपुर संवाददाता

Ruling party Jaspa split, new party led by Ashok Rai

काठमाडौँ — सत्तारुढ जनता समाजवादी पार्टी विभाजित भएको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो ।

संघीय संसद्का ७ जना सांसद सहित २९ जना केन्द्रीय कार्यकारीणी सदस्यहरू दल दर्तका लागि निर्वाचन आयोगमा निवेदन दिएको सांसद प्रदीप यादवले जानकारी दिए ।

विभाजित दलमा सहभागी हुनेमा  संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन् । प्रतिनिधि सभामा जसपाका १२ सांसद थिए ।  ७ सांसद विभाजित भएपछि जसपा  नेपालको यादव पक्षमा ५ सांसद मात्र बाँकी छन् । 

राईको नेतृत्वमा गठित पार्टीको नाम 'जसपा' मात्र राखिएको छ । 

'पार्टीभित्र आफूखुसी गर्ने र आफ्ना सांसदको अपमान गर्ने काम भयो' प्रदीप यादवले इकान्तिपुरसँग भने,' त्यसैले हामीले नयाँ पार्टी दर्ता गर्ने निर्णय गर्‍यौैं' 

कान्तिपुर

Link copied successfully