कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

बेंगलुरुको लगातार तेस्रो जित

काठमाडौँ — कप्तान फाफ डु प्लेसिस र विराट कोहली ब्याटबाट चम्केपछि रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सलाई शनिबार चार विकेटले हराएको छ । बेंगलुरुको यो लगातार तेस्रो जित हो र यससँगै टिमको प्ले–अफ खेल्ने झिनो सम्भावना कायम रह्यो ।

बेंगलुरुको लगातार तेस्रो जित

जितका लागि १ सय ४८ रनको सामान्य लक्ष्य पछ्याएको बेंगलुरुका लागि प्लेसिसले ६४ र कोहलीले ४२ रन बनाए । उनीहरूले ३५ बलमा ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।

बेंगलुरु ६.२ ओभरको खेल बाँकी छँदै जितसम्म पुगेको थियो । त्यस अगाडि गुजरात १९.३ ओभरमा १ सय ४७ रन बनाएर अलआउट भएको थियो । यो जितपछि बेंगलुरु सातौं स्थानमा उक्लेको छ भने गुजरात नवौं स्थानमा झरेको छ

प्रकाशित : वैशाख २३, २०८१ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?