कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा सुरु

डीबी बुढा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन वैशाख २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ ।  

सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा सुरु

हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सम्मेलन भइरहेको हो । अमेरिकाको प्रतिष्ठित संस्थासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्न लागेको यो सम्मेलन ‘सामुदायिक मानसिक रोगसम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रथम सम्मेलन’ भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।

सम्मेलनको प्रतिनिधिसभा सदस्य विनिता कठायतले उद्घाटन गरिन् । उनले अहिले सबैभन्दा ठुलो समस्याका रुपमा मानसिक समस्या रहेको भन्दै मानसिक स्वास्थ्य सेवा प्राथमिकतामा पर्नुपर्ने बताइन् ।

सम्मेलनका लागि अमेरिकाबाट चार र नेपालभरिबाट ९० भन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरू सहभागी भएको हार्वर्ड युनिभर्सिटीको फ्याकल्टी डा श्रीधर पौडेलले जानकारी दिए । उनका अनुसार कर्णालीमा सामान्यतः एकजना मानिसक रोग विशेषज्ञ जान नसक्ने ठाउॅका नागरिक सबैका लागि मानसिक स्वास्थ्य र सेवाको पहुंच पुर्‍याउने उद्देश्यले अन्तराष्ट्रियस्तरको सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनमा करिब ५० वटा मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन् । स्वास्थ्य तथा जनस्ख्या मन्त्रालय र कर्णाली प्रदेश स्वास्थ्य महाशाखाको प्रतिनिधित्व पनि रहेको छ । स्थानीय सरकारका प्रतिनिधिहरु र सरकारी तथा गैरसरकारी निकायाहरुको सहभागिता रहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले दुनियाॅको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र अत्यन्तै दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर मानसिक स्वास्थ्यसम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने बताए ।

उनका अनुसार हार्वर्ड युनिभर्सिटी र कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवामा सहकार्य र साझेदारी समेत हुनेछ । दुर्गम क्षेत्रका नागरिकको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर विभिन्न चुनौतीका बाबजुद पनि जुम्लामा सम्मेलन सुरु भएको बताए । सम्मेलनले जुम्ला घोषणापत्र जारी गरेर मानसिक स्वास्थ्य समस्या निवारण गर्न विश्वमाझ अपिल गर्ने तयारी समेत भइरहेको उपकुलपति डा. रावलले जानकारी दिए ।

प्रकाशित : वैशाख २२, २०८१ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?