विेशेष अदालतको 'अनौठो' फैसला

घूस लिने दोषी, लिएको रकम वैध !

आफ्नो जग्गामा रहेको विद्युत्को पोल सार्न आग्रह गर्दै गोदावरी, ललितपुरका भोजराज ढकाल गत वर्ष नेपाल विद्युत् प्राधिकरणको काठमाडौं ग्रिड महाशाखाअन्तर्गत ललितपुर पाटन सबस्टेसन पुगेका थिए । त्यहाँका सुपरभाइजर सोमप्रसाद पहाडीले पोल सार्नका लागि उनीसँग घूस मागे ।

‘छोराको उपचार गरूँ कि जरिवाना तिरूँ ?’

पोखरा बसपार्कसँग जोडिएको सुकुम्बासी टोलमा छ सुनीता परियारको घर । गत स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिका–९ मा माओवादी केन्द्रबाट दलित महिला सदस्यको उम्मेदवार बनेकी उनी अचेल राजनीतिमा उतिसाह्रो सक्रिय छैनन् । बहुअपांगता भएका १४ वर्षीय छोराको हेरचाहमै उनको दिन बित्छ ।

सभामुखको पदावधिमा राष्ट्रिय सभा अध्यक्षको चासो किन ?

सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकाललाई लिएर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचन आयोगसँग राय मागेका छन् । सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालसम्बन्धी मुद्दामा संवैधानिक व्याख्याको आवश्यकता रहेको भन्दै अन्तरिम आदेश नदिएको अवस्थामा अध्यक्ष तिमिल्सिनाले क्षेत्राधिकार बाहिर गएर आयोगसँग राय मागेका हुन् ।

कांग्रेस विवादले गठबन्धनमा तरंग

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको प्रारम्भिक सूचीलाई लिएर कांग्रेसभित्र विवाद चर्किएको छ । यसले सत्ता गठबन्धनमा आबद्ध दलहरूले सहकार्यमा समस्या आउने चिन्ता गरेका छन् । पार्टीभित्रको विवाद गठबन्धनतिर लक्षित हुन थालेपछि सत्ता सहयात्री दलका नेताहरू सशंकित भएका हुन् ।

दुई महिनामा साढे दुई खर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष ०७९/८० को पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब नाघेको छ । भदौ मसान्तसम्ममा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको वस्तु आयात र २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको निर्यात गरेको भन्सार विभागको तथ्यांक छ ।

दसैं आइसक्दा पनि सडक मर्मत ठप्प

दसैं आउन केही दिन मात्र बाँकी हुँदा घर जानका लागि काउन्टरहरूमा टिकट काट्ने यात्रुको भीड लागेको छ । तर, ठाउँ–ठाउँमा लामो समयदेखि सडक ठप्प छन् । सडक विभागका अनुसार पाँच स्थानमा अझै सडक अवरुद्ध छ ।

दसैंलाई ल्याउन थालियो मुस्ताङी च्यांग्रा

दसैंलाई लक्ष्य गरी यसपालि पनि मुस्ताङबाट चेलुक (भेडा) र च्यांग्रा बेसी झार्न थालिएको छ । व्यापारीले च्यांग्रा गोठमै ३५–४१ हजार र चेलुक २५–३० हजारमा किनेका छन् । १२ हजार वटा झार्ने भनिएकामा शुक्रबार बिहानसम्म करिब १५ सयको स्वास्थ्य परीक्षण गरी पठाइएको च्यांग्राको क्वारेन्टाइन (स्वास्थ्य परीक्षण) गर्ने जिम्मेवारी पाएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका डा. समीर थापाले बताए ।

तलब नपाएपछि कर्मचारी आन्दोलित

स्थानीय तहको सभा नहुँदा तलब रोकिएका कर्मचारीहरू संघर्षमा उत्रेका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, लक्ष्मीनिया गाउँपालिकालगायत पालिकामा कार्यरत कर्मचारीहरूले तलब पाउन सकेका छैनन् । तलब माग गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारीहरू बिहीबारदेखि धर्ना बसेका छन् ।

१५ हिमाल आरोहणका लागि ५०५ जना विदेशी आरोही नेपालमा

शरदयामका लागि ८ हजार मिटर भन्दा अग्ला तीनसहित १५ वटा हिमाल आरोहण गर्न शुक्रबारसम्म पर्यटन विभागले ५ सय ५ जना विदेशीलाई अनुमति दिएको छ । विभागका निर्देशक युवराज खतिवडाका अनुसार, शुक्रबारसम्म १५ हिमाल आरोहणका लागि ५८ वटा आरोहण दलमा १ नेपालीसहित ५ सय ६ जनालाई अनुमति जारी गरिएको छ । 

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले ठूलो भूल गर्नुभयो : गौतम

‘नेकपा एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो भूल गरेको बताएका छन्  ।

दसैंमा डेंगी अझ फैलिने जोखिम

दसैंताका काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले डेंगीको प्रकोप देशव्यापी बन्ने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन् । अहिले कुल संक्रमितमध्ये ६१ दशमलव ७३ प्रतिशत उपत्यकामा छन् । दसैंका बेला १० लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिन्छन् ।

सन्दीप भन्छन् : मानसिक तनावले आइसोलेसनमा बसेको छु, नेपाल फर्किने तरखरमा छु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल फर्किने तरखरमा रहेको बताएका छन् । आइतबार फेसबुकमा पोस्ट गर्दै आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् ।

आमनिर्वाचन देश बनाउने अवसर : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

प्रदेश
तलब नपाएपछि कर्मचारी आन्दोलित

तलब नपाएपछि कर्मचारी आन्दोलित

सन्तोष सिंह

स्थानीय तहको सभा नहुँदा तलब रोकिएका कर्मचारीहरू संघर्षमा उत्रेका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, लक्ष्मीनिया गाउँपालिकालगायत पालिकामा कार्यरत कर्मचारीहरूले तलब पाउन सकेका छैनन् । तलब माग गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारीहरू बिहीबारदेखि धर्ना बसेका छन् ।

माओवादी पोलिटब्युरो सदस्य भण्डारीले दिए राजीनामा

माओवादी पोलिटब्युरो सदस्य भण्डारीले दिए राजीनामा

रमेशचन्द्र अधिकारी

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र धनकुटा जिल्लाका १ सय ५० सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । 

प्रदेश १ मा मुख्य न्यायाधिवक्ता परिवर्तन

प्रदेश १ मा मुख्य न्यायाधिवक्ता परिवर्तन

देवनारायण साह

प्रदेश १ मा मुख्य न्यायाधिवक्ता परिवर्तन भएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठको ठाउँमा ओखलढुंगाका कानुन व्यवसायी परिवर्तन राईलाई नियुक्त गरेका हुन् । 

बाउबाजेले जग्गा बाँडे, सन्तान सुकुम्बासी

बाउबाजेले जग्गा बाँडे, सन्तान सुकुम्बासी

अर्जुन राजवंशी

सामर्थ्य र सार्थकता पुष्टि भएरै होला, उनलाई अभिभावकले नाम नै सम्पत्ति राखिदिएका थिए । तर, जीवनको उत्तरार्धमा उनलाई उनकै नामको अर्थले गिज्याइरहेको महसुस हुन्छ ।  यतिबेला सम्पत्तिको दैनिकी अभावै अभावमा बितिरहेको छ ।

निलम्बित प्रधानन्यायाधीश जबरालाई नजरबन्दमा राख्नु गलत हाे : शेखर काेइराला

निलम्बित प्रधानन्यायाधीश जबरालाई नजरबन्दमा राख्नु गलत हाे : शेखर काेइराला

देवनारायण साह

नेपाली कांग्रेसका नेता शेखर काेइरालाले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरालाई सरकारले नजरबन्दमा राख्नु गलत भएकाे बताएका छन् । विराटनगरस्थित काेइराला निवासमा आइतबार सञ्चारकर्मीसँगकाे कुराकानीमा नजरबन्दमा राखेर सरकारले जबराकाे मानव अधिकार हनन गरेकाे उनले बताएका हुन् ।

भाषा कार्यदलले बुझायो मस्यौदा

भाषा कार्यदलले बुझायो मस्यौदा

प्रदीप मेन्याङ्बो

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न विधेयक मस्यौदा कार्यदलले गत बिहीबार प्रदेश १ सरकारलाई प्रतिवेदन बुझाएको छ । पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वालाई कार्यदलको संयोजक नन्दकुमार कन्दङ्वाले विधेयकको मस्यौदा हस्तान्तरण गरेका हुन् । 

प्रदेश १ बाट थप
शैक्षिक भ्रमणमा रकम नदिएको भन्दै विद्यार्थीद्वारा नगरपालिका र मेयरको गाडी तोडफोड

शैक्षिक भ्रमणमा रकम नदिएको भन्दै विद्यार्थीद्वारा नगरपालिका र मेयरको गाडी तोडफोड

शिव पुरी

शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग नदिएको भन्दै रौतहटको एक विद्यालयका विद्यार्थीहरूले आइतबार बौधीमाई नगरपालिकाको कार्यलय र नगरप्रमुख चढ्ने सवारी तोडफोड गरेका छन्। तोडफोडमा नगरपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ । विद्यार्थीहरूलाई नियन्त्रण गर्ने क्रममा धरपकड हुँदा केही सुरक्षाकर्मी र विद्यार्थी घाइते भएका छन्।

घुम्ती शौचालय बल्ल प्रयोगमा

घुम्ती शौचालय बल्ल प्रयोगमा

शिव पुरी

दुई वर्षदेखि चन्द्रपुर नगरपालिकाले अलपत्र छाडेको घुम्ती शौचालय प्रयोगमा ल्याएको छ । चार वर्षअघि १५ लाखमा खरिद गरेको दुईवटा शौचालय लामो समयदेखि प्रयोगविहीन थियो । एउटा नगरपालिका र अर्को शेरबहादुर दर्लामी खेल मैदानमा त्यत्तिकै बेबारिसे छाडेको थियो । 

यातायातको फाइल अख्तियारको नियन्त्रणमा

यातायातको फाइल अख्तियारको नियन्त्रणमा

सन्तोष सिंह

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरको फाइल नियन्त्रणमा लिएको छ । यातायात कार्यालय वीरगन्जमा सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिनेहरूलाई जनकपुरको सर्भरबाट उत्तीर्ण गरी लाइसेन्स दिएको सार्वजनिक भएपछि आयोगको टोलीले फाइल नियन्त्रणमा लिएको हो ।

असहाय र दलितका लागि २४ घर बनाइँदै

असहाय र दलितका लागि २४ घर बनाइँदै

रासस

अतिविपन्न दलित, गरिब, असहाय र अपाङ्गता भएका परिवारका लागि २४ घर निर्माण हुने भएको छ । शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताले वडा नं-२ स्थित कनकपट्टिमा आवास निर्माण शुभारम्भ गर्दै आवासका कारण कसैले दुःख भोग्न नहुने बताए ।

छोटी भन्सार सञ्चालनमा अलमल

छोटी भन्सार सञ्चालनमा अलमल

शिव पुरी

राजस्व चुहावट बढ्ने भन्दै जिल्लास्थित छोटी भन्सार कार्यालय फेरि सञ्चालनमा ल्याउन गौर भन्सार कार्यालयले चासो देखाएको छैन् । छोटी भन्सारबाट तस्करी बढ्ने भन्दै सञ्चालनमा ल्याउन नसकेको कार्यालयले जनाएको हो । छोटी भन्सारहरू १५ वर्षदेखि बन्द छ । तर, यही नाकाबाट झोलेपोके तस्कर सामान बोकेर नेपाल छिर्छन् ।

सीप सिकेर स्वदेशमै काम

सीप सिकेर स्वदेशमै काम

कान्तिपुर संवाददाता

पटेर्वासुगौली गाउँपालिका–२ का २७ वर्षीय अजयकुमार महतो धाँगड निरन्तर ६ वर्ष रोजगारीका लागि मलेसियामा बसे । सन् २०१५ देखि २०२१ सम्म मलेसियामा रोजगार उनी गत वर्ष स्वदेश फर्किए । मलेसिया हुँदा उद्योगदेखि शौचालय सफा गर्ने र कुखुराको प्वाँख उखेल्नेसम्मका काम पनि उनले गरे ।

मधेस बाट थप
वाग्मती प्रदेश सरकारविरुद्ध २२३ मुद्दा

वाग्मती प्रदेश सरकारविरुद्ध २२३ मुद्दा

सुवास विडारी

वाग्मती प्रदेश सरकारविरुद्ध मुद्दा पर्ने क्रम बर्सेनि बढ्दो छ । सरकार स्थापना भएको ५ वर्षमा २२३ वटा मुद्दा परेका हुन् । अधिकारमा अंकुश लगाएको भन्दै संघीय सरकारमाथि नै मुद्दा दायर गर्ने तयारी गरेको प्रदेशविरुद्ध पनि विभिन्न शीर्षकमा मुद्दा दर्ता भएका छन् ।

चितवनमा बँदेलको आक्रमणबाट मृत्यु

चितवनमा बँदेलको आक्रमणबाट मृत्यु

रमेशकुमार पौडेल

जंगली जनावर बँदेलले आक्रमण गर्दा गम्भीर घाइते भएका भरतपुरका एकजना व्यक्तिको उपचारका क्रममा निधन भएको छ । मृत्यु हुने व्यक्ति भरतपुर महानगरपालिका-१२ नौरङ्गेका ४० वर्षीय दिपक विश्वकर्मा रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । 

हेटौंडाको डाटा सेन्टरमा लागेको आगो निभाइयो

हेटौंडाको डाटा सेन्टरमा लागेको आगो निभाइयो

सुवास विडारी

हेटौंडा उपमहानगरपालिका–४, हुप्राचौरस्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा आइतबार दिउँसो लागेको आगो निभाइएको छ । सेन्टरको विद्युत् गृह अर्थात् ब्याट्री ब्याकअपमा करेन्ट सर्ट भएर लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा ल्याइएको हो ।

डिजास्टर रिकभरी केन्द्र हेटौंडामा आगलागी, निभाउने प्रयासमा दुई दमकलसहित सुरक्षाकर्मी

डिजास्टर रिकभरी केन्द्र हेटौंडामा आगलागी, निभाउने प्रयासमा दुई दमकलसहित सुरक्षाकर्मी

सुवास विडारी

मकवानपुरको हेटौंडा उपमहानगरापलिका ४ हुप्रा चौरमा रहेको डिजास्टर रिकभरी केन्द्रमा आगलागी भएको छ । आइतबार दिउँसो करिब ३ बजेदेखि सेन्टर इलेक्ट्रिक रुमबाट विद्युत् सर्ट भई आगलागी भएको हो । 

बीपी राजमार्गमा खाल्डैखाल्डा

बीपी राजमार्गमा खाल्डैखाल्डा

कान्तिपुर संवाददाता

सवारी चाप, क्षमताभन्दा बढी भारका साधन र न्यून गुणस्तरको चलाउँदा बीपी राजमार्गको बनेपा–बर्दिबास खण्डमा खाल्डैखाल्डा भएका छन् । चार महिना अगाडि टालटुल पारिएका खाल्डा फेरि उस्तै बनेका छन् । बर्खा अगाडि मर्मत भएको नेपालथोक–धुलिखेल चौथो खण्डमा ५० किलोमिटर पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको चालकको गुनासो छ ।

होटलमा अवैध गतिविधि, मापदण्ड मान्न अटेर

होटलमा अवैध गतिविधि, मापदण्ड मान्न अटेर

लिला श्रेष्ठ

२०७५ असोज १ मा काठमाडौंको स्युचाटारबाट हराएकी २१ वर्षीय एक युवती कलंकीको होटलमा बलात्कृत भइन् । परिवारका सदस्यले उनी हराएको निवेदन प्रहरीमा दिएपछि खोजतलास गर्दा उनलाई तीन जनाले होटलमा लगेर सामूहिक बलात्कार गरेको पुष्टि भयो । २०७७ साउन २९ मा कलंकीकै होटलमा अर्की युवतीलाई फेसबुकमार्फत सामान्य चिनजानका युवकले जबर्जस्ती बलात्कार गरे । 

वाग्मती बाट थप
डेंगी परीक्षण किट अभाव

डेंगी परीक्षण किट अभाव

कान्तिपुर संवाददाता

डेंगीका बिरामीको संख्या बढ्दै गएपछि गण्डकी प्रदेशमा डेंगी रोग परीक्षण गर्ने किट अभाव भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संघीय सरकारले सीमित मात्रामा किट दिँदा गण्डकीमा अभाव भएको हो । निर्देशनालयकी ल्याब टेक्निसियन सुशीला कार्कीले गण्डकी प्रदेशमा डेंगीका बिरामीको संख्या बढ्दै गएकाले केन्द्रको मात्र आस गर्ने अवस्था नरहेको बताइन् । 

\'ब्याजदर घटाऊ, पुनर्कर्जा देऊ\'

'ब्याजदर घटाऊ, पुनर्कर्जा देऊ'

दीपक परियार

चर्को ब्याजदर नघटे व्यवसायबाटै पलायन हुने स्थिति आउनेमा पोखराका पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । व्यवसायीले आइतबार राष्ट्र बैंकको पोखरा कार्यालयमा ज्ञापनपत्र बुझाउँदै कर्जामा ब्याजदर एक अंकमा नझरे व्यवसायबाट विस्थापित हुने बताएका हुन् ।

दसैंलाई नयाँ नोट आएन

दसैंलाई नयाँ नोट आएन

कान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले दसैंका लागि असोज २ देखि नै नयाँ नोट वितरण थाले पनि म्याग्दीमा भने अझै आइपुगेको छैन । गाउँ–गाउँबाट दसैंको किनमेल गर्ने र नयाँ नोट साट्न आएका सेवाग्राहीलाई बैंकले पुराना र झुत्रा नोट दिएर फर्काउने गरेका छन् । जिल्लामा नोट कोष सुविधा लिएको नेपाल बैंक लिमिटेडले राष्ट्र बैंकले नै नयाँ नोट नपठाएकाले अन्य बैंक तथा सर्वसाधारणलाई नयाँ नोट दिन नसकेको बताएको छ ।

बागलुङमा बस र माइक्रो ठोकिँदा ७ जना घाइते

बागलुङमा बस र माइक्रो ठोकिँदा ७ जना घाइते

प्रकाश बराल

बागलुङको मालढुंगा नजिकै बस र माइक्रोबस एक आपसमा ठोकिँदा ७ यात्रु घाइते भएका छन् । बागलुङ बजारदेखि पोखरा जाँदै गरेको ग १ ख ९२७३ नम्बरको बस र पोखरादेखि आएको बा ४ ख ७९४ नम्बरको माइक्रोबस आइतबार साँझ ठोकिँदा माइक्रोबसका यात्रु घाइते भएका हुन् ।

बिनाप्रतिस्पर्धा आफन्तलाई नियुक्ति

बिनाप्रतिस्पर्धा आफन्तलाई नियुक्ति

प्रकाश बराल

धौलागिरि अस्पतालले बिनाप्रतिस्पर्धा स्थायी प्रक्रियामा लैजाने गरी आठ जना कर्मचारी भर्ना गरेको छ । अस्पताल व्यवस्थापन समितिले आफन्तलाई कर्मचारीको रूपमा भर्ना गराएको हो । अस्पतालको ल्याबमा २, काउन्टरमा ५ र फार्मेसीमा १ जना भर्ना गरेको हो । स्वयंसेवक भनेर भर्ना गरेपछि एक महिनापछि ज्यालादारी बनाएर क्रमशः स्थायी प्रक्रियामा लगिएको हो । 

गण्डकी सरकारद्वारा प्रदेश निजामती सेवा अध्यादेश जारी

गण्डकी सरकारद्वारा प्रदेश निजामती सेवा अध्यादेश जारी

लालप्रसाद शर्मा

गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवा (गठन तथा संचालन) अध्यादेशमार्फत जारी गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश पारित गरेको थियो । दुवै अध्यादेशलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबारै प्रमाणिकरण गरेका छन् । प्रदेश सरकारले अध्यादेश ल्याएको यो पहिलो हो ।

गण्डकी बाट थप
प्रदेश सरकारविरुद्ध उजुरी बढ्दै

प्रदेश सरकारविरुद्ध उजुरी बढ्दै

कान्तिपुर संवाददाता

नीति निर्माण र कार्यक्रम कार्यान्वयनमा विधि विधान र नीति नियम मिच्दै जाँदा पछिल्लो समय लुम्बिनी प्रदेश सरकारविरुद्ध उजुरी पर्ने क्रम बढेको छ । सरकारको मुद्दा प्रतिरक्षा गर्ने निकाय मुख्य न्यायाधिवक्ताको कार्यालयका अनुसार लुम्बिनी प्रदेश सरकार स्थापनापछि सरकारविरुद्ध अहिलेसम्म १ सय ६७ उजुरी परेका छन् । जसमध्ये ६६ वटा उजुरी गतवर्ष मात्रै परेका हुन् ।

भारतबाट मूर्ति ल्याउँदा नेपाली मूर्तिकारहरू निरुत्साहित

भारतबाट मूर्ति ल्याउँदा नेपाली मूर्तिकारहरू निरुत्साहित

रुपा गहतराज

दसैं लगायत चाडवाडमा मूर्ति बनाएर जीवीका चलाउँदै आएका बाँकेका मूर्तिकारहरू मूर्ति बिक्री नहुँदा निराश भएका छन् । नेपालमै तयार पारिएका मूर्ति किन्नुको सट्टा भारतबाट आयात गरिँदा उनीहरू निरुत्साहित बनेको बताउँछन् ।

रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा योजना

रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा योजना

माधव ढुंगाना

नजिकिँदै गरेका चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै रुपन्देही प्रहरीले रुपन्देही जिल्लाभर ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०७९’ लागू गरेको छ ।

बैंकले ब्याज बढाएको भन्दै व्यवसायीहरू आन्दोलित

बैंकले ब्याज बढाएको भन्दै व्यवसायीहरू आन्दोलित

दुर्गालाल केसी

बैंकहरूले चर्को रुपमा ब्याज बढाएको भन्दै दाङका व्यापारीहरू सडकमा उत्रिएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आह्वानमा जिल्लाका सबै उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरू घोराहीमा भेला भएर आइतबार प्रदर्शन गरेका छन् ।

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

दुर्गालाल केसी

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । रा १ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका ४ का ५९ वर्षीय शालिकराम वलीको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले बताए ।

बबईमा माछा मार्न गएका एक किशोर बेपत्ता

बबईमा माछा मार्न गएका एक किशोर बेपत्ता

कमल पन्थी

माछा मार्न भन्दै बबई नदीमा गएका मधुवन नगरपालिका-५ का १७ वर्षीय किशोर बेपत्ता भएका छन् । उनीसँगै माछा मार्न गएका २५ वर्षीय युवालाई भने सकुशल उद्धार गरिएको छ ।

लुम्बिनी बाट थप
हुम्लामा प्राधिकरणबाटै म्याद गुज्रिएको चिम वितरण

हुम्लामा प्राधिकरणबाटै म्याद गुज्रिएको चिम वितरण

कान्तिपुर संवाददाता

 नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रले म्याद गुज्रिएको सीएफएल चिम वितरण गरिरहेको खुलेको छ । प्राधिरकरणकै लोगो रहेको ‘यो चिमले काम नगरे डिसेम्बर २०१४ मा प्रतिस्थापन गरिने छ’ भनी लेखिएको सीफएल चिम अहिले बल्ल वितरण भइरहेको हो ।

कर्णालीका यात्रु अलपत्र पारेर पर्यटक बोक्न पूर्वतिर जहाज

कर्णालीका यात्रु अलपत्र पारेर पर्यटक बोक्न पूर्वतिर जहाज

राजबहादुर शाही

कर्णालीका हिमाली जिल्लामा उडान छाडेर निजी कम्पनीका जहाजहरू पर्यटक बोक्न पूर्वतिर लागेपछि यात्रुहरू अलपत्र परेका छन् । कर्णालीमा उडान गर्दै आएका तारा, समिट, सीता एयरलाइन्सका जहाजहरू दसैंको बेला पर्यटक ओसार्न पूर्वी लुक्ला, जोमसोम, पोखरातिर गएपछि मुगु, जुम्ला, डोल्पा, हुम्ला जिल्लाका यात्रुहरू अलपत्र परेका हुन् ।

सल्यानका सात स्थानमा दसैं-तिहार लक्षित नागरिक सहायता कक्ष

सल्यानका सात स्थानमा दसैं-तिहार लक्षित नागरिक सहायता कक्ष

विप्लव महर्जन

दसैं-तिहारलाई लक्षित गरेर सल्यानका सात स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा घर फर्कने र बाहिर जाने यात्रुलाई आउजाउमा सहज होस् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय सल्यानले आइतबारदेखि नागरिक कक्ष स्थापना गरेका हुन् । 

विकटमा घरघरै धारा जोडिँदै

विकटमा घरघरै धारा जोडिँदै

तुलाराम पाण्डे

खानेपानीका लागि घण्टौं हिँडेर पानी ल्याउनुपर्ने कालीकोटका विकट बस्तीमा घरघरमा धारा बन्न थालेका छन् । यहाँका स्थानीय तहले मिटरसहित घरघरमा धारा वितरण गर्ने रणनीति अपनाएका छन् । 

चाडमा ४ हजार सुरक्षाकर्मी परिचालन

चाडमा ४ हजार सुरक्षाकर्मी परिचालन

कान्तिपुर संवाददाता

दसैं, तिहार, छठलगायत पर्व नजिकिएसँगै कर्णाली प्रदेश प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । चाडपर्वमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई लक्षित गरी आइतबारदेखि लागू हुने गरी प्रहरीले योजना बनाएको हो ।

खानेपानीले फेरियो दैनिकी

खानेपानीले फेरियो दैनिकी

हरिहरसिंह राठौर

आफू किशोरी उमेरदेखि नै झन्डै आधा घण्टा टाढाको धाराबाट डोकोमा गाग्री बोक्ने गरेकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरमै अहिले धारा छ । ‘रातबिरात केही नभनी पानीका लागि आधा घण्टा हिँड्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘अहिले घर ननिकैको धाराबाट २४ सै घण्टा खानेपानी उपभोग गर्न पाइरहेका छौं ।’

कर्णाली बाट थप
बाढीपीडित अझै सडक र विद्यालयमै

बाढीपीडित अझै सडक र विद्यालयमै

मोहन बुडाऐर

बस्ती नै डुबानमा परेपछि भजनी नगरपालिका–८ कृष्णपुरका लालबहादुर चौधरीको परिवार एक सातायता हुलाकी सडकमा त्रिपालमुनि बसिरहेको छ । ‘वर्षा रोकिएर डुबान घट्ने भयो, अब घर फर्किन पाइन्छ होला भनेको फेरि पानी पर्‍यो । घर अझै हिलाम्मे छ । बस्ने अवस्था नभएकाले अहिलेसम्म पनि सडकमै छौं,’ उनले भने, ‘अझै पानी थपिएर फेरि बाढी आउने हो कि ? यस्तोमा कसरी घर फर्किनु ?’

महाकालीमा पानीको सतह बढ्यो, शारदा ब्यारेजमा सवारी आवागमन बन्द

महाकालीमा पानीको सतह बढ्यो, शारदा ब्यारेजमा सवारी आवागमन बन्द

भवानी भट्ट

लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपाँग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

कञ्चनपुरमा बढ्यो डेंगी

कञ्चनपुरमा बढ्यो डेंगी

भवानी भट्ट

चाडपर्व नजिकिँदै गर्दा देशका विभिन्न भागबाट र भारतबाट घर फर्किनेको चाप बढ्न थालेसँगै डेंगीको संक्रमण पनि बढ्दै गएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहमा डेंगीको संक्रमण देखिएको हो । संक्रमण तीव्र भए पनि किटको अभावका कारण पर्याप्त परीक्षण हुन सकिरहेको छैन । 

चाडका बेला बजार अनुगमन तीव्र

चाडका बेला बजार अनुगमन तीव्र

तृप्ति शाही

बैतडीमा अहिले जिल्ला प्रशासन कार्यालयले ग्रामीण क्षेत्रमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ । स्थानीय तहलाई बजार अनुगमन गर्ने अधिकार भए पनि अधिकांशले अनुगमन गर्दैनन् । बजार अनुगमनमा स्थानीय तह मौन बसेपछि जिल्ला प्रशासन कार्यालय आफैंले जिल्लाका पालिकाका विभिन्न स्थानीय बजारको अनुगमन गरिरहेको हो । 

सुदूरपश्चिममा बल्ल पञ्चवर्षीय योजना

सुदूरपश्चिममा बल्ल पञ्चवर्षीय योजना

अर्जुन शाह

सुदूरपश्चिम प्रदेश सरकारले कार्यकालको अन्तिममा पहिलो पञ्चवर्षीय योजना तयार गरेको छ । आर्थिक वर्ष ०८२/८३ सम्मका लागि तयार पञ्चवर्षीय योजना मुख्यमन्त्री तथा प्रदेश नीति तथा योजना आयोगले हालै तयार गरेको हो । कृषि क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेर आर्थिक विकासका क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा पञ्चवर्षीय योजनाले जोड दिएको छ ।

दार्चुलामा ‘जिन एक्सपर्ट’ मेसिन

दार्चुलामा ‘जिन एक्सपर्ट’ मेसिन

कान्तिपुर संवाददाता

जिल्ला अस्पताल दार्चुलामा क्षयरोगको किटाणु पत्ता लगाउने अत्याधुनिक ‘जिन एक्सपर्ट’ मेसिन सञ्चालनमा ल्याइएको छ । मेसिनद्वारा क्षयरोगका अति शंकास्पद बिरामीको निःशुल्क परीक्षण गरिने भएको छ । जिन एक्सपर्ट मेसिनको महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरले मंगलबार उद्घाटन गरे ।

सुदूरपश्चिम बाट थप

स्तरोन्नति घोषणाको २ वर्षसम्म सुनसान भन्सार

गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणी भन्सार सुनसान छ । सरकारले दुई वर्षअघि यस नाकालाई मूल भन्सारमा स्तरोन्नति गर्ने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । यस नाकाबाट आयात–निर्यात शून्य छ ।

कर्णाली सेमिफाइनलमा

सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको दोस्रो दिन कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । जितसँगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पर्वतमा करातेका लागि पूर्वाधार तयारी

यही असोज २८ देखि कात्तिक २ सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सञ्चालन हुने कराते प्रतियोगिताका खेलहरू पहिलोपटक पर्वतमा गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद्‍ (राखेप) ले यस्तो निर्णय गरेको छ ।

नवौं राष्ट्रिय खेलकुद :  सुदूरपश्चिमबाट ७ सय खेलाडी

गण्डकी प्रदेशको राजधानी पोखरामा असोज २८ देखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट सकिएको छ । भदौ ३१ देखि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा विभिन्न खेलको छनोट प्रतियोगिता गरिएको हो । 

सैनिक महाविद्यालयलाई साम्स उपाधि

आयोजक सैनिक महाविद्यालयले शनिबार साम्स फुटबल २०७९ प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा इगरब्रिज माध्यमिक विद्यालयलाई ४–० को फराकिलो गोलले पराजित गर्दै महाविद्यालय विजयी बनेको हो । सैनिक आवासीयसँग पराजित इगरब्रिज माविले दोस्रो स्थान हात पार्‍यो । 

नवौं राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा

नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरअन्तर्गत शनिबार प्रदेश १ को विराटनगरस्थित शहिद रंगशालामा मुख्यमन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका थिए ।

प्रेमगीत ३ को हिन्दी डब प्रदर्शनमा आउने, बोर्ड भन्छ, 'ढिलासुस्ती गरेनौं'

'प्रेमगीत ३'को हिन्दी डबलाई विदेशी फिल्म मान्ने कि स्वदेशी ? भन्ने विषयले पछिल्लो समय फिल्म वृत्त तातिएको थियो । नेपाली भाषाको फिल्म प्रदर्शनमा आए पनि यही विषयका कारण हिन्दी डब प्रदर्शनमा आउन सकेन ।

बंगलादेशमा डुंगा पल्टिँदा २४ जनाको मृत्यु

बंगलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोआ नदीमा आइतबार दिउँसो डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको यस क्षेत्रमा भएको दुर्घटनामा अरु केही मानिसहरू हराइरहेको बताइएको छ ।

युक्रेनी भूभागमा रुसको जनमतसंग्रह

युक्रेनबाट नियन्त्रणमा लिएका भूभागलाई आफूमा गाभ्ने उद्देश्यले जनमतसंग्रह थालेको रुसले मत संकलनका लागि स्थानीयका घरघरमा सेना पठाउन थालेको छ । रुसले युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजा र खेर्सनमा जनमतसंग्रह थालेको हो । ती स्थानका युक्रेनी नागरिकहरूले आफ्ना घरमा सशस्त्र रुसी सैनिक आएका बताएका हुन् ।

सिरियाको समुद्रमा डुंगा पल्टिँदा ७० जनाको मृत्यु

लेबनानबाट आप्रवासी तथा शरणार्थीहरू चढेको डुंगा सिरियास्थित समुद्री किनारमा दुर्घटना हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । सिरिया र लेबनानी सरकारका अनुसार उक्त दुर्घटनामा जीवीत उद्धार गरिएका २० जनाको उपचार भइरहेको छ ।

रुसलाई हतियार नबेचेको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले रुसलाई कुनै पनि हतियार बिक्री नगरेको प्रस्ट पारेको छ । रुसले आफ्नो कोत पूर्ववत् अवस्थामा राख्नका लागि उत्तर कोरियासँग सम्झौता गरेको अमेरिकी अधिकारीले दाबी गरेका थिए । त्यसका साथै रुसले इरानी हतियार पनि खरिद गरेको र त्यो पश्चिमा देशले रुसविरुद्ध लगाएका प्रतिबन्धको उल्लंघन भएको अमेरिकी अधिकारीको भनाइ छ ।

बर्सेनि १३ करोड टन खाद्यान्न खेर फाल्छ युरोप

युरोपेली संघ (ईयू) अन्तर्गतका राष्ट्रहरूले हरेक वर्ष १३ करोड टनभन्दा बढी खाना बर्बाद गर्ने गरेको तथ्य एक अध्ययनले देखाएको छ । सूर्यमुखी तेल, गहुँ र जौका लागि युक्रेनमा निर्भर रहेको युरोपले त्यहाँबाट निर्यात गरिएकोमध्ये आधा गहुँ खेर फाल्ने गरेको रिपोर्टमा उल्लेख छ ।

‘बिरामीलाई समय दिँदा आफ्नो स्वास्थ्यको ख्याल गरेको रहेनछु’

डा. अनन्त श्रेष्ठलाई बिरामीको सेवामा लागिरहँदा आफू अस्वस्थ्य हुँदै गएको पत्तै भएन । ३५ वर्षको उमेरमा उनले नियमित रगत परीक्षण गर्दा कोलोस्ट्रल एकदमै उच्च र तौल पनि बढेको देखियो । तौल थियो ८० केजी । उनी एकछिन दौँडिदा पनि स्याँ-स्याँ हुने र छोरासित राम्ररी फुटबल पनि खेल्न सक्दैनथे ।

गुणस्तर सुधार्न ‘फुड इन्स्पेक्टर’ कति प्रभावी ?

भदौ दोस्रो साता काठमाडौ महानगरपालिकाको बैठकमा नगर प्रमुख बालेन्द्र शाहले ‘फुड इन्स्पेक्टर’ राख्ने प्रस्ताव राखे । फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेकालाई करार सेवामा भर्ना गरेर रेस्टुरेन्ट, मासु पसललगायतमा बिक्री हुने खाद्य वस्तुको गुणस्तर परीक्षण गर्ने प्रस्ताव शाहले गरेका थिए ।

नाविकहरूका लोक-लय

सन् १९३८ को कुरा हो, एल्लो रिभर किनाराको वुहान सहर जापानीहरूको कब्जामा थियो । चिनियाँ कवि तथा तत्कालीन लाल सेनाका तेस्रो स्क्वाड कमान्डर गुयान ओयराङ्ग जापानीविरुद्धको ...

      x
      Your browser is too old or not supported by eKantipur.
      Please upgrade your browser to improve your experience.