कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

ब्राइटनलाई हराएर सिटी दोस्रोमा

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बिहीबार ब्राइटनलाई सजिलै ४–० ले हराएर लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । उसको ३३ खेलबाट ७६ अंक भएको छ र यो शीर्षमा रहेका आर्सनलसँग एक अंकको दूरी हो ।

ब्राइटनलाई हराएर सिटी दोस्रोमा

आर्सनलले सिटीको तुलनामा एक खेल बढी खेलेको छ । त्यसैले डिफेन्डिङ च्याम्पियन सिटी उपाधि जित्नका लागि सबैभन्दा बलियो प्रत्यासी बनेको छ । लिभरपुल भने ७४ अंकमा तेस्रो स्थानमा छ ।

एमेक्स स्टेडियममा भएको खेलमा सिटीका लागि फिल फोडेनले दुई गोल गरे । सिटीले केभिन डे ब्रुएनाको गोलले अग्रता लिएको थियो । चौथो गोल भने जुलियन अल्भारेजको नाममा रह्यो ।

प्रकाशित : वैशाख १४, २०८१ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?