कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

एपीएफ टिम च्याम्पियन

काठमाडौँ — नेपाल एपीएफ क्लबले ५ स्वर्ण र २ रजत पदकसहित प्रथम बीपी स्मृति खुला राष्ट्रिय सान्डा प्रतियोगिताको उपाधि जितेको छ ।

एपीएफ टिम च्याम्पियन

नेपाल पुलिस क्लबले ५ स्वर्ण र २ कांस्य जित्यो । तेस्रो स्थानको आर्मीले ६ रजत र ४ कांस्य जितेको हो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाए । पुरुषमा एपीएफका रोहित चुनारा र महिलामा पुलिसकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई वाग्मती प्रदेशका सांसद् मीनकृष्ण महर्जनले पुरस्कृत गरे ।

ललितपुरमा भएको दुई दिने प्रतियोगितामा करिब १ सय खेलाडी सहभागी थिए ।

प्रकाशित : वैशाख २२, २०८१ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?