कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

हामी पनि राष्ट्रिय राजनीतिको तमासा हेरिरहेका छौँ : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको बताएका छन् । शनिवार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

हामी पनि राष्ट्रिय राजनीतिको तमासा हेरिरहेका छौँ : अध्यक्ष नेपाल

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताए । उनले राष्ट्रिय राजनीतिमा आफूहरुलाई बेवास्ता गरिरहेको आरोप समेत लगाए ।

उनले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको भन्दै देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै ब्यस्त हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी ब्यस्त कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौँ । अवलोकन गरिरहेका छौँ। नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो ? यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस् । हामी चाहान्छौँ । यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाईमा पुगोस् ।’

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरुको रहेको बताए ।

प्रकाशित : जेष्ठ ५, २०८१ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x