कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

गृहमन्त्री लामिछानेलाई संसद्‌मा कांग्रेसले बोल्न नदिएको भन्ने आरोपमात्रै हो: कोइराला

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् । 

गृहमन्त्री लामिछानेलाई संसद्‌मा कांग्रेसले बोल्न नदिएको भन्ने आरोपमात्रै हो: कोइराला

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उपप्रधानमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिन कांग्रेस सहमत रहेको, तर लामिछानेले बोल्दैमा सबै समस्या समाधान हुने स्थिति नरहेको बताए ।

बोलेको कुरामा चित्त नबुझे खण्डन गर्ने कांग्रेसको अडान पनि बोल्न नचाहेको नेता कोइरालाको भनाई थियो । उहाँले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने बताउनु भयो । उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने उहाँले नमिल्ने नेता कोइरालाले बताउनु भयो । उहाँले उपप्रधानमन्त्री लामिछाने आफैले संसदमा उभिएर आफूमाथि लागेको सहकारी गठी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने धारणा राख्नुपर्ने बताउनु भयो ।

कोइरालाले भने, 'रवि लामिछानेजीलाई बोल्न पनि नदिने ? तपाईहरुको पार्टी कस्तो हो ? भन्दै हामीलाई प्रश्न गर्ने साथीहरुलाई भन्न चाहान्छु कि हामीहरुले उहाँलाई बोल्न नदिएको होइन । रविजी बोल्नुस् भनेर भनेकै हो हामीहरुले । तर उहाँ बोल्ने बित्तिकै हामीले फेरि प्रश्न गर्न नपाउने भन्ने हुदैन । उहाँले बोल्नेबित्तिकै उहाँमाथि लागेको आरोप पखालिने अवस्था छैन ।'

नेता कोइरालाले कांग्रेसले देशको गृहमन्त्रीमाथि लागेको ठगी आरोपको छानबिन गर्न माग गरेको दाबी गरे ।

'उहाँ आजको दिनमा देशको गृहमन्त्री हो । हामीले उहाँमाथि छानबिन गर्न माग गरेका हौँ । उहाँको राजीनामा मागेका छैनौँ,' उनले भने, 'हामी त के भन्छौँ भने उहाँ सरकारमा नभएको भए, त्यो पनि गृहमन्त्री नभएको भए हामी केही पनि गर्दैन थियौँ होला । किनभने सहकारी त यो तल्लो तप्काका मानिसहरुले पैसा जम्मा गरी सहकारीमा राखेर त्यो रकम अपचलन भएको कुरा हो ।'

नेता कोइरालाले लामिछानेले आफूमाथि लागेको आरोप गलत हो भनेर दाबी गरेको र आफूहरुले त्यो आरोप सही पनि हुनसक्छ, छानबिन गरौँ भनेर प्रस्ताव गरेको बताए ।

प्रकाशित : जेष्ठ ५, २०८१ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x