कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या सरकारले समाधान गर्नुपर्छ : देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् । 

वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या सरकारले समाधान गर्नुपर्छ : देउवा

शनिवार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले नेपालीका लागि सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्ने बताए ।

उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे । सभापति देउवाले सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्या समाधानमा आवश्यक भुमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘नेपालीका लागि वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो । एकातिर नेपालीले विदेशमा रोजगार गर्न पाउँछन् । तर त्यहाँ ठगिएका कुराहरु, दुःख पाएका कुराहरु पनि मैले थाहा पाएको छु, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ । साथ-साथै जो रेमिट्यान्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको अर्थतन्त्रमा मद्दत पुर्‍याएको अवस्था छ । सरकारले पनि सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्छ ।'

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए ।

प्रकाशित : जेष्ठ ५, २०८१ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x