१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

सन् २००७ आजकै दिन : रुसी पूर्वराष्ट्रपति यल्तसिनको निधन 

काठमाडौँ — सन् २००७ मा आजकै दिन (अप्रिल २३) मा रुसी राष्ट्रपति बोरिस यल्तसिनको निधन भएको थियो । सन् १९३१ फेब्रुअरी १ मा जन्मिएका यल्तसिन रुसको प्रथम राष्ट्रपति हुन् । 

सन् २००७ आजकै दिन : रुसी पूर्वराष्ट्रपति यल्तसिनको निधन 

१९९१ जुन १२ मा राष्ट्रपतिमा निर्वाचित यल्तसिनले १९९९ सम्म रुसमा शासन गरेका थिए । सोभियत संघको विघटनसँगै रुसमा १९९१ मार्च १७ मा भएको जनमतसंग्रहले राष्ट्रपति पदको व्यवस्था गरेको थियो । त्यसपछिको पहिलो निर्वाचनमा विजयी भएका यल्तसिन रुसमा लोकतन्त्र स्थापित गर्ने नेताका रूपमा परिचित छन् । त्यसका साथै उनको नेतृत्वमा रुसमा सांस्कृतिक, राजनीतिक र आर्थिक स्वतन्त्रता स्थापित भएको थियो ।

यल्तसिन १९९६ जुन १६ मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर क्रमशः लोकप्रियता गुमाउँदै गएपछि उनले दोस्रो कार्यकाल बाँकी छँदै १९९९ डिसेम्बर ३१ मा राजीनामा दिएका थिए । यल्तसिनको राजीनामासँगै रुसमा भ्लादिमिर पुटिन राष्ट्रपति बनेका हुन् ।

प्रकाशित : वैशाख ११, २०८१ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?