२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

भारतका प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा

काठमाडौँ — भारतका प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचुड शुक्रबार नेपाल भ्रमणमा आएका छन् । नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायशीश चन्द्रचुड नेपाल आएका हुन् ।

भारतका प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा

चन्द्रचुडलाई स्वागत गर्न सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई, भारतीय राजदूत नवीन श्रीवास्तव लगायतका व्यक्तिहरु त्रिभुवन अन्तर्राष्ट्रिय मिवमानस्थल पुगेका थिए ।

सर्वोच्च अदालतका अनुसार उनले शनिबार काठमाडौंमा केन्द्रीय बाल न्याय समितिले आयोजना गर्ने कार्यक्रममा मुख्य वक्ताको रुपमा प्रस्तुति दिनेछन् । साथै, चन्द्रचुड र श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । उनी आइतबार बेलुकी भारत फर्कने छन् ।

प्रकाशित : वैशाख २१, २०८१ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x