कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लागूऔषध सहित तीन जना पक्राउ 

पर्सा — प्रहरीले लागूऔषध सहित वीरगन्जबाट तीन जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बिहीबार साँझ करिब सवा ६ बजेकोमा समयमा वीरगन्ज महानगरपालिका– २१ हनुमानचोकबाट प्रहरीले मालबाहक ट्रकबाट  लागूऔषध सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

लागूऔषध सहित तीन जना पक्राउ 

बा प्र ०३–००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई रोकी खानतलासी गर्दा चालक बस्ने सिट पछाडिको सिटमुनि दुई वटा मलको बोरा भित्र लुकाई छिपाई राखिएको प्रतिबन्धित लागूऔषध ओनरेक्स १ सय एमएलको २ सय २२ बोतल फेला परेको थियो ।

ट्रकबाट पक्राउ परेका तीन जनामा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ का ३२ वर्षीय अजय रोक्का, ३० वर्षीय दीपेन्द्र अधिकारी र वीरगन्ज महानगरपालिका–२ का १९ वर्षीय विकास सर्राफ छन् ।

प्रकाशित : असार ७, २०८१ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×