कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसको अवैध असुलीको विषय संसदमा प्रवेश 

काठमाडौँ — मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले विद्यार्थीसँग गरेको अवैध असुलीको विषय संसद्‌मा प्रवेश गरेको छ । जनमत पार्टीका सांसद अब्दुल खानले बिहीबार क्याम्पसले अवैध रुपमा शुल्क उठाएको विषय संसदमा उठाएका हुन् ।

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसको अवैध असुलीको विषय संसदमा प्रवेश 

कान्तिपुर टेलिभिजनमा बुधबार र कान्तिपुरमा बिहीबार प्रसारण प्रकाशन भएको समाचारबारे उनले सरकारको ध्यानाकर्षण गराउँदै यस विषयमा जवाफ माग गरेका छन् ।

'अहिले देशभरी शिक्षा क्षेत्रमा मनपरी चलिरहेको छ,' उनले भने, 'कान्तिपुरले सिरहाको मिर्चैयामा सञ्चालित मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले विद्यार्थीहरुसँग अवैध रुपमा लाखौं रकम असुली गरिरहेको विषय पर्दाफास गरेको छ । सीटीभीटीले तोकेबमोजिम तीन वर्षे नर्सिङका लागि ४ लाख ७५ हजार शुल्क मात्रै लिन पाइन्छ । त्यो पनि पहिलो किस्तामा १ लाख ९० हजार मात्रै लिन पाइन्छ । तर, यो कलेजले एकै वर्षमा विद्यार्थीहरुसँग झन्डै ४ लाखसम्म असुलेको बैंक भौचरहरु नै सार्वजनिक भएका छन् ।'

उनले यो कलेजले विद्यार्थीसँग प्रयोगात्मक कक्षाका नाममा कानुन विपरीत जनही २० हजार रुपैयाँ उठाएको र कलेजले कानुन विपरीत छात्रावास पनि अनिवार्य गरी २ हजारमा कोठा पाइने मिर्चैयामा एउटै कोठामा ६ जनासम्म राखी जनही महिनाकै १३ उठाएको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

यस विषयमा उनले सरकारको जवाफ माग्दै भने, 'सरकार र सरकारी संयन्त्र इमानदार भइदिएको भए एउटा कलेजले यत्रो मनपरी गर्ने साहस कसरी गर्न सक्थ्यो ?'

प्रकाशित : असार १३, २०८१ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×