कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

सिरहा : विदेशबाट आएकै दिन होटेलमा युवक मृत फेला

विनय आजाद

सिरहा — सिरहाको धनगढीमाई नगरपालिका-१० स्थित एक होटलमा एक युवकको शव फेला परेको छ । सोमबार अपराह्न धनगढीमाई नगरपालिका ३ का ३२ वर्षीय प्रमोदकुमार कामती मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार, उनी आजै विदेशबाट आएका थिए । घर आएको केही समयपछि उनी साढे ९ बजे एकजना महिलासँग धनगढीमाई होटल एन्ड लजमा छिरेका थिए । तर महिला निस्किए पनि धेरै बेरसम्म उनी बाहिर आएनन् । अपरान्हतिर ढोका खोल्दा उनी मृत अवस्थामा भेटिएको र त्यसपछि प्रहरीलाई जानकारी भएको प्रहरीले जनाएको छ ।

मृतक कामतीका श्रीमतीसहित तीन छोरा र दुई छोरी छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।

प्रकाशित : असार १०, २०८१ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×