कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पुराना दलहरुसँग लसपस गरिरहे रास्वपा हराउन सक्छ : भट्टराई

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना पार्टीहरुसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समाप्त हुनसक्ने खतरा औंल्याएका छन् । 

पुराना दलहरुसँग लसपस गरिरहे रास्वपा हराउन सक्छ : भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौंमा शुक्रबार आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले पुराना दलहरुसँगको सम्बन्धलाई तत्कालीन कार्यनीतिको रुपमा लिँदै देशलाई विकल्प दिनका लागि वैकल्पिक राजनीतिक शक्तिहरुसँगको सहकार्यलाई रणनीतिक रुपले अघि बढाउन रास्वपाको नेतृत्वलाई सुझाव दिए ।

अध्यक्ष भट्टराईले भने, 'अब पुराना दलहरुसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिक रुपमा लिनुपर्छ । र वैकल्पिक नयाँ शक्तिहरुसँगको सहकार्य गरेर देशलाई साँच्चिकै विकल्प दिनका लागि स्ट्राटिजी बनाउनु पर्छ । यसरी सन्तुलन भयो भने ठीक हुन्छ । नत्र पुराना शक्तिहरुसँग बढी नै लसपस गर्न थालियो भने त्यसले स्ट्राटिजीमा नोक्सान गर्ने र हराउने खतरा हुन्छ ।'

उनले रास्वपाको दुई वर्षे कार्यकालमा राम्रो प्रगति भएको प्रतिक्रिया पनि दिए ।

प्रकाशित : असार ७, २०८१ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×