कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्ने सोचमा छौँ : कृषिमन्त्री साह

काठमाडौँ — कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएका छन् । शुक्रबार एमाले निकट उद्योगी व्यवसायीहरुसँग सिंहदरबारमा आयोजित छलफलमा कृषिमन्त्री साहले दुग्ध विकास संस्थानको समस्या दीर्घकालिन रुपमा समाधानको लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको बताइन् ।

दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्ने सोचमा छौँ : कृषिमन्त्री साह

उनले मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी मोडलमा सञ्चालन गर्नेगरी छलफल अघि बढेको जानकारी दिइन् । मन्त्री साहले सरकारले दुग्ध विकास संस्थानलाई अहिलेकै रुपमा सञ्चालन गर्ने भन्दा पनि नयाँ ढङ्गले दीर्घकालिन रुपमा समस्या समाधान गर्नेगरी अघि बढाउन चाहेको बताइन् ।

उनले भनिन्, ‘दुग्ध विकास संस्थानमा विचौलिया हाबी भएका छन् । संस्थान पिउनले चलाएको छन् । संस्थानमा ९ सय कर्मचारीहरु छन् । जसमा ३ सय कर्मचारीहरु अस्थायी र ६ सय कर्मचारी स्थायी छन् । स्थायी कर्मचारीहरु जागिरबाट निकाल्न नसक्ने भन्नेछ । घमण्ड बढेर आएको छ । दुग्ध विकास संस्थान अहिलेसम्म करारका कर्मचारीको टिमले थेगेर ल्याएको छ । करारका कर्मचारी हटाउन सक्ने अवस्था छैन ।'

उनले संस्थानले किसान वा व्यवसायीसँग खेलवाड गर्न नहुने बताइन् । 'मेहनत गर्नेलाई प्रोत्साहन गर्नु सक्नुपर्छ । संस्थानको कमाण्ड चलाउन नसक्नेले सरेण्डर गर्दा हुन्छ । कसले के गर्न सक्छ भनेर दादागीरी देखाउने काम धेरै चल्दैन । अबको एक महिनाभित्र दुग्ध विकास संस्थानमा उथलपुथल हुन्छ । सरकारले केही चुकाउनुपर्छ भने चुकाउन तयार हो । यो समस्या आजको होइन विगत देखिएको हो,' उनले भनिन् ।

मन्त्री साहले कर्मचारीहरुले धेरै दिन दादागिरी देखाउने काम धेरै नचल्ने बताइन् । आफूले केही मूल्य चुकाउनुपरे पनि चुकाउन तयार रहेको भन्दै संस्थानलाई मजबुत बनाउन बोल्ड निर्णय गरिने उनको भनाइ थियो ।

प्रकाशित : असार ७, २०८१ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×