कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रदेशसभाको बैठक मंगलबारसम्मका लागि स्थगित

मकवानपुर — वाग्मती प्रदेशसभाका बैठक असार ११ गते मंगलबारसम्मका लागि स्थगित भएको छ ।

प्रदेशसभाको बैठक मंगलबारसम्मका लागि स्थगित

सभामुख भुवन पाठकले शुक्रबार बजेटमाथिको छलफल सकिएसँगै प्रदेशसभाको अर्को बैठक आगामी मंगलबार ११ बजे बस्ने गरी स्थगित गरेका थिए ।

बजेटमाथिको छलफलको क्रममा सांसदहरुले उठाएको विभिन्न जिज्ञासाको आर्थिक मामिला तथा योजना मन्त्री जग्गनाथ थपलियाले जवाफ दिएका थिए । उनले बजेटमा भएको केही त्रुटिलाई सच्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

बजेटमाथिको छलफलको क्रममा विहीबार प्रतिपक्षी कांग्रेस र राप्रपाको अवरोधका कारण रोकिएको थियो । शुक्रबार सता–प्रतिपक्षबीच ५ बुँदे सहमतिपश्चात् सदनमा बजेटमाथिको छलफल अगाडि बढेको थियो ।

प्रकाशित : असार ७, २०८१ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×