कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

युक्रेनले रच्यो पुनर्आगमन जित

काठमाडौँ — युरो-२०२४ को समूह ‘ई’ को खेलमा युक्रेनले शुक्रबार उत्कृष्ट पुनर्आगमन जित निकालेको छ । स्लोभाकियाविरुद्ध एक गोलले पछाडि रहेको स्थिति उल्टाएर युक्रेनलले २–१ को जित निकाल्यो ।

युक्रेनले रच्यो पुनर्आगमन जित

स्लोभाकियाले १७ औं मिनेटमा इभान स्क्रान्जको गोलले अग्रता लिएको थियो ।

त्यस स्थितिमा स्लोभाकिया नकआउट चरण पुग्थ्यो भने युक्रेन प्रतियोगिताबाट बाहिरिने स्थितिमा हुन्थ्यो । तर युक्रेनलले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ५४ औं मिनेटमा म्याकोला शापारेन्कोले बराबरी गोल फर्काए ।

त्यसपछि खेल सकिने दस मिनेट अगाडि रोमन यरेचमुकले विजयी गोल गरे । यो नतिजापछि समुह ‘ई’ मा तीन टिम रोमानिया, युक्रेन र स्लोभाकियाको तीन तीन अंक भएको छ । बेल्जिम भने शून्य अंकमा पुछारमा छ ।

रोमानियाले पहिलो खेलमा युक्रेनलाई १–० ले हराएको थियो । स्लोभाकियाले भने बेल्जियमलाई १–० ले पराजित गरेको थियो ।

प्रकाशित : असार ७, २०८१ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×