कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सार्वजनिक महत्त्वको संकल्प प्रस्ताव दर्ता     

देउखुरी( दाङ) — लुम्बिनी प्रदेशसभामा पहिलो पटक सांसदहरुले सार्वजनिक महत्त्वकाे संकल्प प्रस्ताव दर्ता गरेका छन् । लुम्बिनी प्रदेशभित्र हुने सडक दुर्घटना रोकथाम गरी मानवीय  सुरक्षा र क्षति न्यूनीकरणको व्यवस्थाको सम्बन्धमा  लुम्विनी प्रदेश सभा सचिवालमा शुक्रबार संकल्प प्रस्ताव दर्ता भएको हाे । 

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सार्वजनिक महत्त्वको संकल्प प्रस्ताव दर्ता     

कांग्रेस सचेतक निमा गिरी प्रस्तावक र प्रदेश सभा सदस्य कृष्णा कुस्मा थारु र अम्बिका काफ्ले समर्थक रहेकाे प्रस्तावमा सडक दुर्घटना न्युनीकरण र सुरक्षित यात्रा सम्वन्धमा प्रदेश सभा सदस्यहरुले पहिलो पटक दर्ता गराएको संकल्प प्रस्ताव प्रदेश सभाका आगामी बैठकमा पेश गरिने सभामुख तुलाराम घर्ती मगरले बताए ।

सो प्रस्तावमा लुम्विनी प्रदेशभित्र सडक दुर्घटना पीडितको लागि आकस्मिक उपचार नि:शुल्क गर्नुपर्ने, दुर्घटनामा उद्दारको लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने तथा दुर्घटना पीडितले आफ्नो जीवनयापन सहज तरिकाले बाँच्न सक्ने गरी क्षतिपुर्तिको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

त्यसका लागि लुम्विनी प्रदेशले आवश्यक कानुन नीतिगत र संस्थागत व्यवस्थाको छिटो पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउन संकल्प प्रस्तावमा माग गरिएको छ ।

प्रकाशित : असार ७, २०८१ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×