कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

महिला कबड्डीमा आर्मी च्याम्पियन

काठमाडौँ — लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको सीता दाहाल स्मृति राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि नेपाल आर्मी टिमले जितेको छ । फाइनलमा आर्मीले एपीएफ क्लबलाई २५–२४ अंकले पराजित गर्‍यो ।

महिला कबड्डीमा आर्मी च्याम्पियन

आर्मीले १ लाख र उपविजेता एपीएफले ५० हजार रुपैयाँ पुरस्कार पाए । तेस्रो भएका नेपाल पुलिस र सुदूरपश्चिमले २५–२५ हजार पुरस्कार हात पारे । प्रतियोगितामा आर्मीकी अनुजा कुलुङ राई उत्कृष्ट खेलाडी घोषित भइन् । अनुजाले ११ हजार पुरस्कार पाइन् ।

अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा ५ प्रदेश (गण्डकी/कर्णालीबाहेक) र तीन विभागीय टोलीले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

प्रकाशित : असार ७, २०८१ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×