कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एन्जल्स हार्ट र भ्याली सेमिफाइनलमा

काठमाडौँ — आयोजक एन्जल्स हार्ट सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनलमा पुगेको छ । घरेलु कोर्टमा एन्जल्स हार्टले ग्रिनल्यान्डलाई ३६–२५ स्कोरले पराजित गर्‍यो । एन्जल्स हार्टका रुपेश पौडेलले १३ स्कोर जोडे ।

एन्जल्स हार्ट र भ्याली सेमिफाइनलमा

जुनियर ब्वाइजमै किङडमले गोल्डेनपिकलाई २९–२०, सेबले लालीगुराँस नेसनल एकेडेमीलाई १३–१० तथा ग्रिनफिल्डले जीवन ज्योतिलाई २१–१५ ले हराए । किङडमका जिग्मे लामाले १३, सेबका सुजन घलेले ५ र ग्रिनफिल्डका रिसन तामाङले ११ स्कोर जोडे ।

सिनियर गर्ल्समा भ्याली पब्लिक ‘बी’ ले किङडमलाई २६–१८ स्कोरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । भ्याली पब्लिक ‘ए’, टीआईए र ग्रिनल्यान्डले सेमिफाइनल सुरक्षित गरिसकेका छन् ।

लोयल्टी क्वाटरफाइनलमा

आयोजक लोयल्टी एकेडेमीको ‘ए’ र ‘बी’ दुवै टोली लोयल्टी कप एसईई थ्री एक्स थ्री छात्र बास्केटबल प्रतियोगितामा क्वाटरफाइनल पुगेको छ । अक्षरिकाको पनि ‘ए’ र ‘बी’ दुवै टोली क्वाटरफाइनल पुग्यो ।

एन्ड वान, सेल्फ मेड, मनास्लु वर्ल्ड कलेज र टाइम आउटले क्वाटरफाइनल पुगे । प्रतियोगितामा १२ टिमको सहभागिता छ । विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । सहभागी सबैलाई छात्रवृत्तिको गरिएको जनाएको छ ।

प्रकाशित : असार ७, २०८१ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×