कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बजेट पास नहुँदासम्म संसद्‌‌मा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको निर्देशन

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सांसदहरुलाई बजेट पास नहुँदासम्म संसद्का सबै बैठकहरुमा  अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता एवम् पार्टी सभापति शेरबहादुर देउवाले बजेट पास नहुँदासम्म संसद्‌का सबै बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन् । 

बजेट पास नहुँदासम्म संसद्‌‌मा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको निर्देशन

बैठकमा प्रमुख प्रतिपक्षी दलका हिसावले संसद्‌मा उठाउनुपर्ने जनताका सवालहरुलाई अझ प्रखररुपमा उठाउने र समाधानका लागि सरकारलाई दबाब दिनेबारे छलफल भएको थियो । बैठकले वर्तमान सरकारले ल्याएको बजेट असन्तुलित र अपरिपक्क ढंगको विनियोजन रहेको भन्दै कांग्रेसले राखेका खर्च कटौतीका प्रस्तावहरुको पक्षमा उभिने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले बताए ।

'बजेट पास नहुँदासम्म संसद्‌‌मा अनिवार्य उपस्थित हुन सांसदहरुलाई निर्देशन भएको छ,' बैठकपछि प्रमुख सचेतक लेखकले भने, 'अहिलेको बजेटमाथिको छलफल सकिएर अब निर्णयार्थ पेश हुने बेला छ । बजेट असन्तुलित छ । मन्त्रीहरुले असन्तुलित र अपरिपक्क ढंगले बजेट बनाउनुभएको छ । अहिलेको बजेट अन्यायपूर्ण छ, पूर्वाग्राही छ, अन्यायपूर्ण छ भन्ने कुरा हामीले मात्रै होइन, सत्तापक्षकै सांसदहरुले पनि भनिरहनुभएको छ । त्यसकारण हामीले बजेटमा खर्च कटौतीका प्रस्तावहरु राखेका छौँ । हामी हाम्रो प्रस्तावको पक्षमा उभिन्छौँ, उभिनुपर्छ भन्ने कुरा भएको छ ।'

प्रमुख सचेतक लेखकले संसद्‌का आगामी बैठकहरुमा जनताका सवालहरु, जनजीविकाका सवालहरु, देश र जनताको पक्षका विषयहरुलाई सघन ढंगले मुखरित गरेर उठाउनेबारे छलफल भएको बताए ।

'संसद्‌मा हाम्रा धेरै साथीहरुको उपस्थिति कमजोर देखिएको छ । त्यसकारण हामीले पार्टी प्रतिपक्षमा भएको बेला जनजीविकाका सवालहरु सक्रियरुपले उठाउनका लागि अझै मेहिनेत गर्नुपर्नेछ भनेर छलफल भएको छ, ' उनले भने ।

प्रकाशित : असार ७, २०८१ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

×