कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दोस्रो जितपछि पनि बेंगलुरु पुछारमै

काठमाडौँ — रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार दोस्रो जित हात पारेको छ । उसले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गर्‍यो । यस जितका बाबजुद पनि बेंगलुरु चार अंकमा दस टिममध्ये पुछारमै छ ।

दोस्रो जितपछि पनि बेंगलुरु पुछारमै

पहिले ब्याटिङ गरेको बेंगलुरुले सात विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । त्यसमा विराट कोहलीले ५१ र रजत पाटिडरले ५० रन बनाए ।

जवाफमा हैदराबादले आठ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो । साहबाज अहमदको ४० रन नै त्यसमा सबैभन्दा ठूलो स्कोर रह्यो । हारका बाबजुद हैदराबाद १० अंकसहित तेस्रो स्थानमै रहेको छ ।

प्रकाशित : वैशाख १४, २०८१ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?