ट्रम्पको दोस्रो कार्यकालमा उनको साथमा म्याडम्यान थ्यौरीवादका पोष्यपुत्रका रूपमा एलन मस्क, विवेक रामास्वामी र एक दर्जन बढी उद्दण्डहरूको जमात खडा भएको छ । ट्रम्प, मस्क र तिनका सहायकहरूले सम्पूर्ण संसारलाई धम्की दिएर ठिक पार्न सकिने ठानिरहेका छन् ।
आजका कतिपय मानिसमा पद र पैसा आर्जन गरेपछि जे गरे पनि हुन्छ भन्ने भ्रम छ, यस्तो प्रवृत्तिले क्षणिक आनन्दको अनुभूत मात्रै हुन्छ
राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र सहायता सदुपयोगमा कमजोर क्षमताका कारण नेपालप्रति दाता राष्ट्र एवं संस्थाको विश्वास कमजोर हुँदै गइरहेको छ । वैदेशिक सहायताले आर्थिक वृद्धि उच्च गर्ने, जीवनस्तर सुधार्ने र समता स्थापित गर्नेजस्ता मूल लक्ष्य प्राप्त गर्न सकेको छैन ।
अल–असदको पतनलाई शक्ति राष्ट्रहरूले अप्रत्याशित सत्ता पतन भनेका छन् । निरंकुश शासनको पतनको प्रकृति त्यस्तै हुन्छ ।
हाम्रा राजनीतिक नेतृत्वहरू कोहीभन्दा कोही कमी देखिँदैनन् । तर, दुई दिनमै तिनको बोली फेरिन्छ । चुनावका प्रतिबद्धता त तिनले बिर्सिसकेका हुन्छन् ।
अन्धकारपूर्ण बन्दै गएको विश्व परिवेशमा फेरि पनि सुझबुझपूर्ण राजनीति र लोकतन्त्रको कुनै विकल्प भने छैन
देशमा केही भएन, केही हुँदैन भन्ने जस्ता नकारात्मक भाष्य निर्माण भएको छ । यस्ता भाष्यलाई समयमा चिर्न सकिएन भने यो एउटा संस्कारका रूपमा विकसित हुन थाल्छ, जसले गर्दा राम्रा पक्ष ओझेलमा पर्न सक्छन् ।
तेस्रो विश्वयुद्धको सम्भावना पूर्णरूपमा टार्न सकिन्छ, तर यो अमेरिकी नेताहरूको विदेश नीति, शक्ति राष्ट्रहरूबीचको रणनीतिक सम्बन्ध र गठबन्धनको कूटनीतिक व्यवस्थापनमा निर्भर हुनेछ ।
सिरिया, यमन र इराक जस्ता देशहरूमा बाह्य शक्तिहरूको हस्तक्षेपले आन्तरिक विद्रोह, गृहयुद्ध र संकटहरूको आगो निभाउनुको सट्टा अन्तहीन जंगलको डढेलोजस्तो भएको छ
सरकारमा रहेका दलले गर्नुपर्ने मुख्य पहिलो काम त आर्थिक रूपान्तरण नै हो । देशमा आर्थिक समृद्वि ल्याउनका लागि दलहरूलाई अझ पनि सुध्रिने अवसर छ ।
भावी अमेरिकी राष्ट्रपतिका लागि युरोप, मध्यपूर्व र एसियाली प्रायद्वीप एकैपटक सम्बोधन गर्नुपर्ने जटिल मामिला बनेको परिदृश्यमा नेपालजस्ता साना देशहरूले ठूला शक्ति राष्ट्रहरूबाट आर्थिक विकासका क्षेत्रमा आस गर्न सकिने सम्भावना बिस्तारै कमजोर बन्दै गएको छ
सत्ता र शक्तिका लागि पटकपटक प्रधानमन्त्री/मन्त्री बन्ने र अकुत सम्पत्ति आर्जनका लागि इमानदारिता, नैतिकता, जिम्मेवारी र जवाफदेहितालाई तिलाञ्जली दिने छुट कसैलाई छैन ।
सार्वजनिक यातायातमा विद्युतीय कार्ड चलाउन मिल्ने ऐन कानुन छ, नीति नियम छ, नियामकीय स्वीकृति पनि छ । करोडौं खर्च गरेर प्रविधि ल्याइएको पनि छ, बस सञ्चालक वर्ग सहमत छन् तर चालक र सहचालकले अटेर गरेकै निहुँमा लागू नभइदिने अवस्था देखिन्छ ।
शासन कथित कानुनको डन्डाले नभएर विवेक र मान्यताले चलाउनुपर्छ भन्ने आधुनिक लोकतन्त्रको मान्यता हो । भलै सबै प्रकारका मान्यता भत्काउन महारथ हासिल गरेका दलहरूबाट त्यस्तो आशा गर्न नसकिए पनि स्मरण त गराउनैपर्छ कि ?
नीति सबल, सक्षम र भरपर्दो तथा व्यावहारिक हुनुपर्छ । नीतिको सार्थकता त्यतिबेला हुन्छ, जतिबेला उक्त नीति कार्यान्वयन गर्ने तथा गराउने नेतृत्व सक्षम हुन्छ ।
ओलीका लागि २०७७ वैशाखदेखि २०७८ असार २८ सम्मको अवधि उनले अहिलेसम्म पढेका र अरू कसैले पढ्न नपाएको कुनै विश्वविद्यालयको विद्यावारिधिभन्दा ठूलो शैक्षिक अनुभव हो ।
शैक्षिक गुणस्तरयुक्त लेबल लगाइएका श्रमधारीको प्रयोगले वस्तु तथा सेवा उत्पादन गरी निर्यात गर्ने बाटो खोज्नु आजको आवश्यकता हो । जसले आर्थिक वृद्धिसँगै देशको समृद्धिको अवधारणालाई आत्मसात् गर्न सक्छ ।
गठबन्धन सरकारहरूको आन्तरिक कार्यप्रणाली व्यवस्थित गर्न सावधानीपूर्वक तयार पारिएका समन्वय र द्वन्द्व समाधानका संयन्त्रहरू आवश्यक पर्ने राजनीतिशास्त्रीय मान्यता नेपालमा परम्परागत दलका मुखियाहरूको एकल चाहनाको चुट्कीमा बदलिएका छन् ।
कथित बलियो शासक पछ्याउने लतले भूराजनीतिक प्रतिस्पर्धाको चुनौती सामना गर्न सक्दैन । उदार लोकतान्त्रिक संस्कृतिसँग त्यसको कुनै साइनो हुँदैन भन्ने कुरा बुझ्न ढिला भइसकेको छ ।