जिम्मेवारीमा रहेका बेला निर्भीकतापूर्वक काम गर्नुपर्छ : मुख्यमन्त्री कँडेल 

माघ ८, २०८१

ज्योति कटुवाल

One should act fearlessly while in charge: Chief Minister Kandel

काठमाडौँ — सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारीमा रहँदा निर्भीकतापूर्वक काम गर्ने बताएका छन् ।

 सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरपालिकास्तरीय उत्तम अभ्यास आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले कुनै व्यक्तिका आकांक्षा र चाहना पूरा गर्न नसके पनि समग्रमा आम जनताको चाहना अनुसारको काम नहुँदा आफूले जिम्मेवारी पाएको समयमा निर्भीकतापूर्वक जनताको काम आवश्यक छ । 

‘सुशासनको कुरा गर्दा सबैले साथ दिने तर कार्यान्वयन गर्दा हराउने तर नडगमगाई अघि बढ्यो भने सबैले समर्थन गर्ने परिस्थिति आउँछ,' उनले भने, ‘कर्णालीको प्रमुख  समस्या भनेको सुशासनको हो, स्रोत र साधनको सही प्रयोग गरी योजना छनोटलाई पारदर्शी बनाउनु पर्छ ।’ कर्णाली प्रदेशलाई संघीय सरकारले प्राथामिकता दिएर बजेट दिनु पर्ने भए पनि त्यस्तो हुन सकेको छैन,' उनले भने, ‘कर्णाली प्रदेश सम्भावनाको खानी भएको प्रदेश भएकाले कर्णालीको विकासका लागि संघीय सरकारले ध्यान दिनु पर्छ ।’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully