कृषिलाई जहिलेसम्म औद्योगिकीकरण गर्न सकिँदैन तबसम्म नेपालको समृद्धि छैन

कार्तिक १२, २०८१

त्रिलोचन कँडेल

As long as agriculture cannot be industrialized, there will be no prosperity in Nepal

उद्योग कि व्यापार ? यसमा म के भन्न चाहन्छु भने आयातमुखी अर्थतन्त्री कि उत्पादनमुखी अर्थतन्त्र भन्ने विषयमा केन्द्रित हुनुपर्छ । समग्रमा कृषिलाई जहिलेसम्म औद्योगिकीकरण गर्न सकिँदैन तबसम्म नेपालको समृद्धि छैन भन्ने कुरामा म विश्वस्त छु । यो केले रोकेको छ ? किन हुँदैन भन्दै गर्दा सबैभन्दा ठूलो समस्या नीतिमा हो ।

राज्यले कृषिमा ल्याएका नीति कार्यक्रमहरू व्यवहारिक छैनन् । कृषिमा दिइने अनुदान वैज्ञानिक छैनन् । हामीसँग तथ्यांक पनि छैन । ऋणमा आधारित अनुदान दिएर कहिले प्रगति हुन्छ ?उत्पादनमा आधारित अनुदानको व्यवस्था कहिले गर्ने ?प्रविधिमैत्री नीति कहिले ल्याउने ?

आज हाम्रो सानो मुलुक जुन दुई ठूला विशाल राज्यकाबीचमा बसेका छौं । भारतको र हाम्रो नीतिमा फरक छ ।हामीले एउटा गाडी किन्यौं, किसानलाई एउटा गाडीको आवश्यकता पर्‍यो भने उसलाई भन्सार छुटमा गाडी दिइन्छ । जसले पाँच विघामा खेती गर्छ उसलाई भन्सार छुटमा गाडी दिने । त्यो गाडी हप्तामा एक दिन प्रयोग गर्न सक्दैन, एउटा किसानलाई त्यो सेतो हात्ति हुन्छ। तर हाम्रो छिमेकी मुलुक भारतले के गरेको छ ?उसले आफ्नो मुलुकमा उत्पादन गरी सीमाना पार गरेर यदि कृषिजन्य उत्पादन बिक्री वितरण गर्छ भने भाडामा सतप्रतिशत अनुदान दिन्छ । 

दिल्लीको गाज्यवादमा उत्पादन भएको सामग्री काठमाडौंको कालिमाटीसम्म आईपुग्दा एउटा गाडीले ८० हजार रुपैयाँ बराबर ६ टन सामान लिएर आउँछ । त्यो पूर्ण मिनाहा लगाउँदा ती व्यवसायीले लाखको बिल बनाउँछ । भाडामात्यसै २० हजार कमाउँछ । अनि हामी चितवनमा उत्पादन गरेको, यहाँबाट १४६ किलोमिटर दुरीमा रहेको काठमाडौंमा पुर्‍याउँदा प्रतिकेजी पाँच रुपैयाँ भाडा खर्च हुन्छ । अनि यहाँको किसानले कसरी प्रतिस्पर्धा गर्छ ?

हामी ऋण दिन्छौं । कृषिमा अनुदान भनेर दियौं ।जसको पहुँच छ, अनुदान पाउँछ तर कृषिमा जादैन । जसले पाँच करोड रुपैयाँ लिन्छ उसले पचास लाख पनि कृषिमा लगानी गर्दैन । अनि उत्पादन कहाँबाट बढ्छ ?

आधिकारिक बजारीकरणको लागि राज्यको स्रोत व्यवस्थापन के हो ? जस्तै अहिले दुध लिटरमा अनुदान दिने व्यवस्था गरेको छ । विभिन्न पालिका र प्रदेशले अनुदान दिएको छ । वैज्ञानिक छ ?कसैले दिनमा सय लिटर दुध उत्पादन गरेर घरमै खायो भने राज्यको लगानी परेको छैन त्यसमा । जो आधिकारिक छ, सहकारीमा बिक्री गरेको छ, राज्यको तथ्यांकमा आएको छ उसले तिर्ने हो । हामीले कहिलेसम्म सुधार गर्न सक्दैनौ तबसम्म सम्भावना छैन । 

सधैंभरी हामी सुन्छौं जब किसानले खेतीबाली लगाउँछ अनि संसदमा चर्काचर्का कुरा हुन्छन् । युरिया आयत गर्ने, यतिटेन्डर खोल्ने । जब किसानको खेती उम्रेर पहेँलो जन्डिस भएर विरुवा रुन थाल्छ बल्ल भोली भन्सारमा आएर सामान रोकियो भनिन्छ । त्यो व्यवस्था कहिले मिलाउने ? अनि कसरी कृषिमा आधारित विकास हुन्छ । जहिलेसम्म हामीले कृषिलाई मुलतः औद्योगिकीकरण गर्न सक्दैनौ तबसम्मसमृद्धि छैन । 

बाघसंरक्षणको लागि मृगको संरक्षण पहिला हो । मृगको चरान भयो, मृगको संख्या बढ्यो भने बल्ल बाघ संक्षरण गर्न सकिन्छ । साना उद्योगहरूलाई जहिलेसम्म संरक्षण गर्न सकिन्न राज्यको समृद्धि छैन । पोल्ट्री आफैंमा आत्मनिर्भर भएको पेशा । हामी अण्डा, मासु, चल्ला, दाना र राज्यको ५० प्रतिशत फर्टिलाइजरको पुरा गरेको दाबी गर्छौ । यदि पोल्ट्री नहुँदो हो, नेपालको कृषिजन्य उत्पादन ५० प्रतिशत अझ कठिन अवस्थामा पर्थ्यो । हामीले मल पुरा गरेका छौं । आज संसारको सबैभन्दा उत्कृष्ट प्रविधि नेपालमा छ । अण्डा उत्पादन गर्ने, चल्ला उत्पादन गर्ने क्षेत्रमा होस् वा दानाको गुणस्तरमा होस् ।

हामी खुल्ला सीमामा बसेका छौं । राज्यले उत्पादन बढाउने भन्ने गर्दै गर्दा एउटा नीतिगत रूपमा सम्बोधन नगरेका कारणले समस्या छ । लामो खुल्ला सीमामा खुल्ला रूपमा बिना भन्सार भएर आउने चल्ला, दाना र अण्डाहरूले नेपालको किसानहरू धरासायी हुने । विभिन्न रोगको प्रकोपहरू हुने, नीगित रूपमा राज्यले बेलैमा सम्बोधन गर्न नसक्ने । म विभिन्न रोग विरुद्ध लगाइने खोपको बारेमा म भन्छु, नेपालमा यसको भ्याक्सिन कानुनी रूपमा ल्याउन दिइएको छैन ।

नेपालका ९० प्रतिशत फर्ममा प्रयोग भएको छ । यो राज्यलाई चुनौती हो वा के हो ? खुल्ला सीमानामा लागेको छ । सबैले त्यो भ्याक्सिनलगाएका पन्छीजन्य चीजहरू नेपालमा आयातित हुन्छन् । त्यही ब्रीडका जातहरू यहाँ पालिन्छ । त्यो खपत हुने सम्भावना छैन ।भारतबाटयहाँ कुनै समस्या छैन । ९० प्रतिशतमा लगाइन्छ । राज्यले त्यसलाई ल्याउन किन नदिने ? त्यही चिज सीमाभन्दा उता गयो भने एक हजार कुखुरालाई लगाउने भ्याक्सिन ३५ सयमा पाइन्छ । त्यसलाई अरुले ल्याइदियो भने तीन गुणामा बिक्री गर्छन् । यो बेच्ने वातावरण किन बनाइएको त्यसमा राज्यले किन सम्बोधन गर्दैन ?

हामी के आशा गरौं पोल्ट्री भोलि सधैंभर रहिरहन्छ । हामी नेपालमै उत्पादन भएको अण्डा र मासु खान पाइरहन्छौं भन्ने कहिलेसम्म आशा गर्ने ?

अर्को कुरा, कूल खर्चको ७० प्रतिशत खर्च दानामा खर्च हुन्छ पोल्ट्रीमा । त्यसकोदानामा प्रयोग हुने २०–२४ प्रतिशत भट्मासको पीना प्रयोग हुन्छ । नेपालमा ९० प्रतिशत आयात गर्नुपर्छ । त्यसलाई आयात गरेर बनाउने दानामा ९ प्रतिशतभन्सार छ । त्यो लगाउनुभन्दा हाम्रो पाखा पखेराहुन्छ । जस्तो रुखो ठाउँमा पनि भट्मास लगाउन सकिन्छ । त्यो ठाउँमा लगाउने नीति किन लिदैन राज्यले ?

नेपालमा मकैमा ८० प्रतिशत आयात गर्नुपर्छ । त्यत्रो जग्गाजमिन दिनकै बाँझा भएर गएका छन् तिनमा मकै उत्पादन गर्ने नीति किन आउदैन ? आज पोल्ट्री व्यवसायी यहाँ आउँदै गर्दा १२/१५ रुपैयाँमा नबिक्ने मकैको मुल्य४०/५० रुपैयाँ केजी पाउने वातावरण पोल्ट्रीले बनाएको हो । पोल्ट्री व्यवसायले त्यता पनि सपोर्ट गरेको छ । 

जहिलेसम्म यी कुराहरू राज्यले सम्बोधन गर्न सक्दैन । व्यवसायीक चक्लाबन्दी गरेर मकै र भटमासको खेती गर्न सक्दैन । किसानको न्यूनतम लागत मूल्य निर्धारण गराएर मात्र भएन । किसानले उत्पादन गर्‍यो र बजारसम्म पुर्‍याउने न्यूनतम ढुवानी पनि आउँदैन भने किसानले खेतमा आफुले उत्पादन गरेको तरकारी जोत्छ भने ऊ किन सधैंभरी किसान भएर किन बस्छ ?त्यो भन्दा सजिलो झोला बोकेर मुग्लिन पसिहाल्छ नि । यो राज्यले ध्यान दिनुपर्ने कुरा छ । 

हामी साह्रै निराशा कुरा गर्दैनौं आशावादी पनि छौं । हामीले राज्यलाई आवश्यकता पर्ने गुणस्तरीय अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उत्पादन दिन सक्षम छौं । जुन हामीले भनिरहेका मकै र भटमासको बजारीकरणका लागि पोल्ट्री व्यवसायीहरू ग्यारेन्टीका लागि अग्रिम सम्झौता गर्न चाहन्छौं । अग्रिम लगानी गर्न तयार छौं ।किसानलाई बिउ दिनुपर्ने होकि, मल दिनुपर्ने हो । राज्यले तोकेको न्यूनतम लागत मूल्य दिनुपर्ने हो । हामी दिन तयार छौं । राज्यले नीतिगत रूपमा सम्बोधन गर्नुपर्‍यो ।

अर्को कुरा पोल्ट्रीमा सबैभन्दा ठूलो चुनौती भनेको बीमा, यो एैच्छिक होकी बाध्यकारी हो ?कसैले मेरो सम्पत्तिको म चुनौती बोक्न सक्दिन म बिमा गर्न पाउछु भन्ने कि ऋण खाएबापत बिमा गर्नैपर्ने हो ?ठीक छ एउटा ऋण सुरक्षाको लागि बिमा गर्ने हो भने एउटा पोल्ट्री व्यवसायीको पोल्ट्रीमा विनाश आयो सकियो ।बिगो गरेर बैंकले दाबी लिन सक्छ ? त्यो त सम्भावना छैन ।

फेरि राज्यले ८० प्रतिशत बिमा रकम तिरेको छ । अहिले बीचमा काटेको छ । त्यो बिमा बिमितले लिनका लागि चाहिदा नचाहिदा डकुमेन्ट खोज्छ । जब एउटा पोल्ट्री फर्ममा रोग लाग्यो भनेपछि छिमेकीहरूसँग त्यो व्यवसायी कसरी बचेर हिड्ने भन्ने अवस्था हुन्छ । अनि बैंकले गाउँलेको सबैको मुचुल्का गरेर लिएर आइज अनि पैसा पाउछस्, त्यो सम्भावना नहुने कुरा कागजमा किन अटाउने । बिमा र बैंकसँगको के सम्बन्ध हो । किन बाध्यकारी बनाइन्छ । त्यो नभए न ऋण प्रवाह हुन्छ न त्यो भोली दुर्घटना भइसकेपछि बिमितले बिमाको क्षतिपूर्ति पाउँछ । यो बाध्यकारी अवस्था कहिलेसम्म ?

-कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कार्यक्रम 'चितवन चिन्तन' मा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कँडेलले राखेका विचारको सम्पादित अंश 

चितवन चिन्तन

त्रिलोचन कँडेल चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।

Link copied successfully