सबै दल आफनो स्वार्थभन्दा संविधानअनुसार चल्नुपर्छ : मुख्यमन्त्री कँडेल

कार्तिक २९, २०८१

कान्तिपुर संवाददाता

All parties should act according to the constitution rather than their own interests: Chief Minister Kandel

काठमाडौँ — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिक दल, संघ, प्रदेश र स्थानीय सरकार आफनो स्वार्थभन्दा पनि संविधानअनुसार अघि बढनुपर्ने बताएका छन् ।

कान्तिपुर कन्क्लेभ–२०२४ को दोस्रो दिन बिहिबार ‘मुख्यमन्त्रीका मुख्य मुद्दा’ बिषयक सत्रमा बोल्दै उनले राजनीतिक दलहरू जनता, विकास, निर्माण र संविधानको पक्षमा लाग्नुपर्ने जनाए । उनले तीनवटै तहका सरकार सँगसँगै अघि बढनुपर्ने र अहिले नै प्रदेश सरकारको विकल्प खोज्ने बेला नभएको प्रष्टाए ।

‘संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ । तीनवटै तहको सरकारले जनतासम्म सेवा पूयाउनुपर्छ,’ मुख्यमन्त्री कँडेलले भने । संविधानको व्यवस्थाअनुसार तीनै तहको सरकारले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्ने बताए । ‘संघीय सरकारले बनाउनुपर्ने कानुन बनाइदिएको खण्डमा प्रदेश सरकारले छिट्टै फड्को मार्छन्,’ उनले भने । 

कान्तिपुर

Link copied successfully