पोल्ट्री फार्मले ५० प्रतिशत रासयनिक मल विस्थापित गरेको छ : कँडेल

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

Poultry farms have replaced 50 percent of chemical fertilizers: Kandel

काठमाडौँ — चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलले अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजन गरेको ‘चितवन चिन्तन’ को पहिलाे सत्र 'अर्थतन्त्रको आधार : उद्याेग कि व्यापार ?' मा निवर्तमान अध्यक्ष कँडेलले पोल्ट्री फार्मले नै  ५० प्रतिशत रासयनिक मललाई समेत विस्थापित गरेको दाबी गरे ।

‘पोल्ट्री हुँदैन थियो भने ५० प्रतिशत कृषि उत्पादनमा रासयनिक मलको हाहाकार हुन्थ्यो,’ उनले भने, ‘ पोल्ट्री फार्मबाट मल निस्किएका कारण रासयनिक मलको हाहाकार भएको छैन ।’  अण्डा, मासु, चल्ला र दाना उत्पादनमा संसारको उत्कृष्ट प्रविधि रहेको उनले सुनाए ।

सरकारले उत्पादन बढाउने भने पनि नीतिगत रुपमा सम्बोधन नगरेको उनले जनाए । ‘राज्यले उत्पादन बढाउँछु भने तर नीतिगत रुपमा सम्बोधन गरेन्, जसले गर्दा सीमाबाट बिनाभन्सार चल्ला, दाना र अण्डा भित्रिरहेको छ,’ उनले भने, ‘यसकारण नेपालको पोल्टी उद्योग धारासायी हुने, विभिन्न रोगको प्रकोप भित्रिरहेको छ ।’  एचनाइन भ्याक्सिन कानुनी रुपमा ल्याउन नदिए पनि नेपालको ९० प्रतिशत उद्योगमा प्रयोग गरिएको कंँडेलले बताए ।

कान्तिपुर

Link copied successfully