नेपालले तुलनात्मक लाभका वस्तु पहिचान गरी उत्पादन बढाउनुपर्छ : कायममुकायम गभर्नर  

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

Nepal should identify items of comparative advantage and increase production: Permanent Governor

काठमाडौँ — नेपालले तुलनात्मक लाभका वस्तु पहिचान गरी तीनको उत्पादनमा प्राथमिकता दिनु पर्ने नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले बताइन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजना गरेको ‘चितवन चिन्तन’को पहिलो सत्र ‘अर्थतन्त्रको आधारः उद्योग कि व्यापार’ मा बोन्दै ढुंगानाले उत्पादन, उद्योग र व्यापारलाई सँगसँगै अघि बढाउनु पर्ने बताएकी हुन् । 

सरकारले समग्र अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले उत्पादन, उद्योग, व्यापारलगायत अर्थतन्त्रका सबै विधालाई सुधार गरेर अघि बढाउनु पर्ने बताइन् । सरकारको आर्थि सल्लाहकारका रुपमा नेपाल राष्ट्र बैंकले पनि ‘प्रि–बजेट’मार्फत सरकारलाई विभिन्न सुझावहरू दिँदै आएको पनि उनले बताइन । 

‘प्रि-बजेट सुझावका लागि राष्ट्र बैंकले हरेक प्रदेशमा स्थलगत रूपमा सुझाव संकलन गरेर, त्यसलाई एकीकृत गरेर सरकारसमक्ष पेस गर्दै आएको छ,’ उनले भनिन्, ‘तीमध्ये धेरै सुझाव कार्यान्वयन पनि भएका छन् ।’  

अर्थतन्त्रको विस्तारका लागि लगानी आवश्यक रहेको र त्यसका लागि राज्यले लगानीमैत्री वातावरण बनाउनु पर्ने उनले बताइन । स्वदेशी लगानीकर्तालाई थप लगानी विस्तार र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्नका लागि राज्यले धेरै काम गर्नुपर्ने बताइन् । यो प्रक्रियामा राष्ट्र बैंकले आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

चितवन चिन्तन

कान्तिपुर

Link copied successfully