एमाले चितवनको अध्यक्षका लागि पाठक र कँडेल उम्मेदवार

जेष्ठ १३, २०८१

रमेशकुमार पौडेल

Pathak and Kandel candidates for President of UML Chitwan

चितवन — नेकपा एमाले चितवनको अध्यक्ष पदमा कमलराज पाठक र घनश्याम कँडेलले उम्मेदवारी दिएका छन् ।

शनिबार उद्घाटन भएको ११ औं जिल्ला अधिवेशनमा आइतबार राजनीतिक, साङ्गठानिक र अन्य प्रतिवेदनहरु पारित भएसँगै नयाँ नेतृत्वका लागि पनि मनोनयन दायर भएको छ ।

निर्वाचन अधिकृत राजकुमार श्रेष्ठका अनुसार उम्मेदवारी फिर्ता लिने समय सोमबार बिहान ६ बजेसम्मलाई तय भएको छ ।

त्यसैगरी उपाध्यक्षमा कृष्णराज डल्लाकोटी र श्याम विष्ट तथा सचिवमा पदमपाणि सुवेदी र प्रकाश ढुंगानाको उम्मेदवारी परेको छ । अधिवेशनले अध्यक्ष, एक-एक उपाध्यक्ष र सचिव तथा एक जना खुला उपसचिव तथा एक जना महिला उपसचिव निर्वाचित गर्नेछ ।

अधिवेशनले १२० जनाको कार्यसमिति चयन गर्ने छ । अधिवेशनका प्रतिनिधिहरु ७६१ जना रहेका छन् ।  

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully