मेलबर्नमा १२ हजार डलर पुरस्कार राशिको कँडेल कप हुँदै

माघ ११, २०८१

कान्तिपुर संवाददाता

12,000 dollar prize money in Melbourne through the Kandel Cup

अस्ट्रेलिया — अस्ट्रेलियाको मेलबर्नमा यही मार्च महिनाको ८ र ९ तारिख कँडेल कप आयोजना हुने भएको छ । मेलबर्नको अन्तर्राष्ट्रिय स्पोर्ट्स सेन्टरमा हुने यस प्रतियोगिताको विजेताले १२ हजार अस्ट्रेलियन डलर नगद उपहार पाउनेछन् ।

यहाँस्थित सफल नेपाली फुटबल क्लब यती फुटबल क्लबले आयोजना गर्न लागेको यस प्रतियोगितामा खुल्ला समूह उमेर र ३५ वर्षमाथिका गरी जम्मा ४० टिमले सहभागिता जनाउने भएका छन् । अस्ट्रेलियाको नेपाली फुटबल प्रतियोगितामा ठूलोमध्येको एक प्रतियोगिताका रूपमा चिनिने यसमा अट्रेलियाका सिड्नी, क्यानबेरा, गोल्डकोस्ट, ब्रिसबन, तास्मानिया र एडिलेडका टीमले सहभागिता जनाउनेछन् । 

आयोजक यती क्लबका अध्यक्ष कर्ण रानाले जारी गरेको प्रेस विज्ञप्तिमा प्रतियोगिताको उपविजेता टोलीले ४ हजार ५ सय डलर, र ३५ वर्षमाथिका क्लबको प्रतियोगितामा विजेतालाई २ हजार ५ सय र उपविजेतालाई १ हजार डलर पुरस्कार दिइनेछ । रानाले खेलको माध्यमबाट खेलाडी तथा खेलकर्मीलाई अस्ट्रेलिया तथा नेपालको फुटबलसँग अभ्यस्त बनाउने प्रयासस्वरूप प्रतियोगिताको आयोजना गरिएको बताए । यसपटकको प्रतियोगिता १४ औं संस्करण भएको उनले बताएका छन् । 

कान्तिपुर

Link copied successfully