बझाङ-१ (१) मा एमालेका भण्डारीलाई दोब्बर मतको अग्रता
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए ।
स्वर्णलक्ष्मी बहुउद्देयीय सहकारी संस्थाका पीडितले आफ्नो बचत फिर्ताको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । आइतबार प्रहरी वृत्त कालिमाटीमा ५ सय २८ जना पीडितहरुले झण्डै १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै उजुरी दिएको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष सुमन खनालले बताए ।
न्यायाधीश समाज नेपालले सिधाकुरा डट कमद्वारा प्रकाशित/ प्रसारित भ्रामक समाचार न्यायप्रणालीप्रतिकै आक्रमण भएको उल्लेख गर्दै यसबारे आवश्यक जाँचबुझ गरी सम्बन्धित संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
कक्षा १२ को परीक्षामा सहभागी गराउन कागजात मिलाएर नक्कली परीक्षार्थी खडा गरेको आरोपमा काठमाडौं प्रहरीले धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतलाई आईतबार प्रक्राउ गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनेको बताएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटनसत्रमा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।
कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल आइतबार वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा १० रनले पराजित भएको छ । १६१ सय रनको लक्ष्य लिएर आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १ सय ५० रनमात्र बनाउन सक्यो ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार 'लगानी सहजकीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१' जारी गरेका हुन् ।
चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा नि:शुल्क दिने भएको छ । चिनियाँ दूतावासले आइतबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो । एक्सप्रेस-२ र एक्प्रेस-१ भिसाका लागि भने क्रमश: २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस-२ र एक्प्रेस-१ भिसा क्रमश: १ हजार ३ सय ५० र २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए ।
जापानका विदेशमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छिन् । जापानको विदेश मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको भ्रमण घोषणा गरेको हो ।