नाडा अटो सो - २०१९
भाद्र १६, २०७६

६ दिनमा ८१ हजारले गरे अवलोकन

गत बर्ष भन्दा यो वर्ष १४ औं नाडा अटो सोमा आगन्तुकको बाक्लो उपस्थिति थियो । मेलामा भीड बढे पनि साँघुरो प्रदशनीस्थलले गर्दा बर्सेनि समस्या हुँदै आएको छ । यो वर्ष पनि समस्या भयो ।

२० अर्बको स्पेयरपार्टस बजार

बजार विस्तारसँगै स्पेयरपार्टसको अवैधानिक आयात पनि मौलाउन थालेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार स्पेयर पार्टसको वार्षिक कारोबार २० अर्ब रुपैयाँ हो । यो रकम टायर र लुब्रिकेन्ट्सबाहेकको हो ।

भाद्र १३, २०७६

अटो मेलामा दैनिक भीड

मेलामा आउनेहरूको पहिलो गन्तव्य विद्युतीय सवारी साधन बन्ने गरेको छ । विद्युत्बाट चल्ने गाडी, मोटरसाइकल र स्कुटर मेलामा राखिएकाले युवादेखि पाका पुस्तासम्मको नजर यिनै सवारी साधनमा बढी पर्ने गरेको छ ।

भाद्र १२, २०७६

दसैंको माहोल बनाउँदै अटो मेला

काठमाडौं नक्सालका अनुप अग्रवाल बुधबार नाडा अटो सो मेलामा विभिन्न ब्रान्डका गाडी हेर्न व्यस्त देखिन्थे । एउटा कार घरमा भए पनि थप नयाँ गाडी चाहिएपछि मेलामा बुझ्न पुगेका थिए ।

भाद्र ११, २०७६

एसेम्ब्लिङ उद्योग आए प्रोत्साहन गर्छौं : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले एसेम्ब्लिङ उद्योगलाई प्रोत्साहन गर्न तयार रहेको बताएका छन् । मंगलबार १४ औं नाडा अटो सोको उद्घाटन गर्दै यसबारे सरकार थप छलफल गर्न तयार रहेको व्यवसायीमाझ प्रस्ट पारे ।

भाद्र १०, २०७६

आयातमा कडाइ होइन, पूर्वाधार विस्तार

सरकारले बैंक ऋण, भन्सारलगायत सुविधामा कडाइ गरेसँगै केही वर्षयता सवारी साधन आयात घट्दै गएको छ  । सरकारको नीतिले राजस्व संकलन, रोजगारी सिर्जना, सर्वसाधारणको पहुँचमा अवरोध गरिरहेको व्यवसायीहरुको आरोप छ  ।

प्राथमिकतामा प्रविधि

बुटवलका पुराना व्यवसायी रवीन्द्रगोपाल लाकौल सात दशकअघि र अहिलेको यातायात सुविधालाई दाँज्दा सपनाझैं लाग्ने बताउँछन्  । उनका अनुसार २००७ सालअघिसम्म बुटवलदेखि सुनौलीको बेलहिया नाकासम्म पैदल यात्रा गर्नुपर्थ्यो  ।

नीति न पूर्वाधार

सरकारले साझा यातायातलाई ३ सयवटा विद्युतीय बस खरिदका लागि करिब ३ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएर विद्युतीय सवारी प्रवर्द्धनमा आफ्नो रुचि प्रस्ट पारेको छ तर यसलाई मूर्तरूप दिन नीति र पूर्वाधार निर्माण तदारुकता देखाएको छैन  ।

'पेट्रोलियम सवारी १५ वर्षमै हटाउन सकिन्छ'

नेपाल आगामी वर्षदेखि वर्षायाममा विद्युत्मा आत्मनिर्भर बन्ने प्रक्षेपण छ  । बढी विद्युत् उत्पादन हुने भएपछि नेपाल विद्युत् प्राधिकरण विद्युत् खपत बढाउने उपायको खोजीमा छ  ।

यातायातबिना दिगो आर्थिक वृद्धि असम्भव

उत्पादनमूलक उद्योग र व्यापार व्यवसायमा चर्चित घराना गोल्छा अर्गनाइजेसन अटोमाबोइल्स क्षेत्रमा पनि परिचित नाम हो  । गोल्छा अर्गनाइजेसनका निर्देशक शेखर गोल्छा नाडा अध्यक्ष हुँदै हाल निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष छन्  ।

इसाराकै भर

प्रहरी जवान जीवन श्रेष्ठ (नाम परिवर्तन) नारायणहिटी संग्रहालयको दक्षिण गेटको आइल्यान्डमा उभिएर हात र सिडीका भरमा सवारी साधनलाई ‘रोक र अगाडि जाऊ’ भन्ने संकेत दिइराखेका हुन्छन्  । दैनिक ५/६ घण्टा हात र सिट्टीकै भरमा उनी सवारी साधनको व्यवस्थापन गर्छन्  ।

सवारी, सडक र सकस

स्थानीय तहमा जनप्रतिनिधि बहाल भएपछि ग्रामीण सडक निर्माणले तीव्रता पाएको छ  । चुनावमा सडकलाई पहिलो एजेन्डा बनाएका जनप्रतिनिधिहरूले सडक विस्तारलाई प्राथमिकता दिएका छन्  ।

हेभीको हैकम

२ असार ०७६ मा १० जनाको ज्यान जाने गरी बझाङमा जिप दुर्घटना भयो  । जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने सडकमा दुर्घटना भएको थियो  ।

विलासिता कि आवश्यकता ?

पाच वर्षमा सवारी साधनको संख्या ७७ प्रतिशतले बढेको छ अर्थात् पाँच वर्ष पहिले २० लाख सवारी साधन थिए, अहिले संख्या ३५ लाख ४० हजार नाघेको छ  । यो अवधिमा सडक भने १२ प्रतिशतले मात्र बढ्यो  ।