कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : बाल संगठनले दियो सीआईबीमा जाहेरी

बालमन्दिरको जग्गा हिनामिनाबारे अनुसन्धान गर्न नेपाल बाल संगठनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दिएको छ । तत्कालीन पदाधिकारी तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा जग्गा ठगी तथा हिनामिना गरेको भन्दै बिहीबार सीआईबीमा जाहेरी दर्ता भएको हो । सीआईबीका एसपी होबिन्द्र बोगटीले बालमन्दिरको जग्गा ठगी गरेको कसुरमा अनुसन्धागन गरी पाउँ भन्दै नेपाल बाल संगठनको तर्फबाट जाहेरी दर्ता भएको पुष्टि गरे ।

कोशीमा सत्ता किचलो : हिक्मत प्रदेशतिर, केदार सर्वोच्च

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति नयाँ सरकार गठनको आह्वान गरेपछि सत्ता र प्रतिपक्षी नेताबीच दौड सुरु भएको छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा सरकार गठनको आह्वान गरेका थिए। यो निर्णय लगत्तै बहालवाला मुख्यमन्त्री केदार कार्की बिहीबार बिहानै काठमाडौं उडेका छन् भने प्रतिपक्षी नेता हिक्मत कार्की आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।

यारी भन्सारमा ६ महिनादेखि लागेको ताला अझै खुलेन

यारी नाका भन्सार कार्यालय हिल्सामा नियमित कर्मचारी नबस्दा राजस्व संकलन प्रभावित भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका यारी भन्सार कार्यालय हिल्सामा ६ महिनादेखि नहुँदा मासिक लाखौं रुपैयाँ राजस्व गुम्दै आएको हो ।

बोरिङ फोनपछि फेरि आए नोकियाका बार फोन

ह्युमन मोबाइल डिभाइस (एचएमडी) ले नोकिया ब्रान्डका तीनवटा चम्किला रङका फिचर फोन सार्वजनिक गरेको छ । स्मार्टफोनमा उपलब्ध अनेकौं सुविधाहरूले उत्पन्न गराउने ‘डिजिटल डिस्ट्रक्सन’ बाट मुक्ति चाहनेलाई लक्ष्य गर्दै यी फिचर फोन बजारमा ल्याएको एचएमडीले जनाएको छ ।

बालमन्दिर जग्गा हिनामिना प्रकरण : रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालत काठमाडौंबाट  पक्राउ पुर्जी लिएको हो । सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार जाहेरी दर्तासँगै आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ ।

अनमोल केसी भन्छन्– ‘जीवनको बेस्ट फिल्म गर्नै बाँकी छ’

छड्के २.०’ सुपरफ्लप भएपछि अधिकांशले भने– ‘अब अनमोलका दिन गए, अनमोल सक्किए ।’ कोही त अनमोलको स्टारडम खस्किएको नतिजासम्मै पुगे । फिल्मले बक्स अफिसमा पानी भन्न नपाउँदा अनमोलको पुस्ता सकिएको भन्ने चर्चा चल्यो । साथै, ‘छड्के २.०’ नरुचाइनु, अनमोललाई दर्शकले गरेको अस्वीकारका रूपमा परिभाषित नै गरियो । तर, फिल्म करिअरकै यति ठूलो असफलताबाट भने अनमोलले आरोह–अवरोहको वास्तविक पाठ सिकेका छन् ।

समकालीन कान्छी कलाकार शुपला

त्यसपछि जुनु भइन्– शुपला । समकालीन फिल्मकी कान्छी कलाकार शुपला सापकोटालाई उनका शिक्षकहरू अहिले ‘जुनु’ सम्बोधन गर्छन् । साथीहरू पनि कानमा सुटुक्क भन्छन्, ‘ओइ जुनु ! आइज खेल्न जाउँ ।’ र, ती खेल–मैदानतिर दौडिन्छन् ।

सुन तोलामा आठ सय रुपैयाँ घट्यो

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा आठ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३५ हजार छ सय रुपैयाँ निर्धारण भएको छ ।

मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी छ : मन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी रहेको बताएकी छन् ।

रवि लामिछानेविरुद्धको मुद्दाको भारी रास्वपाले बोक्नु हुँदैन : केन्द्रीय सदस्य कार्की

रास्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले रवि लामिछानेविरुद्धको मुद्दाको भारी पार्टीले बोक्न नहुने बताएका छन् । व्यक्तिगत रूपमा लामिछानेसँग जोडिएका मुद्दामा रास्वपालाई जोड्न नहुने कार्कीको भनाइ छ ।

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आज ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय समक्ष दाबी पेस गरेका हुन् ।

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक भएको बताउनुभएको छ । उहाँले न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताए । 

कोरियाले वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वन्यजन्तु क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको छ । वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदारलाई यो वर्षको अन्त्यमा लैजाने गरी गृहकार्य भइरहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले बताए ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
जनसेवा सामुदायिक अस्पताल नगरपालिकालाई हस्तान्तरण

जनसेवा सामुदायिक अस्पताल नगरपालिकालाई हस्तान्तरण

डम्बरसिं राई

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयको सहयोगबाट स्थापना गरिएको जनसेवा सामुदायिक अस्पताल नगरपालिकालाई हस्तान्तरण गरिएको छ । स्थनीयले व्यवस्थापन धान्न नसकेपछि बुधबार नगरलाई हस्तान्तरण गरेको हो ।

साँझसम्म नयाँ मुख्यमन्त्री : एमाले प्रमुख सचेतक

साँझसम्म नयाँ मुख्यमन्त्री : एमाले प्रमुख सचेतक

पर्वत पोर्तेल

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति नयाँ सरकार गठनको आह्वान गरेपछि कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार गठनका लागि प्रक्रिया सुरु गरेका छन् । उनीहरूले बिहीबार कार्यालय खुलेपछि मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरिरहेका छन् ।

कोशीमा नयाँ सरकार गठन आह्वान

कोशीमा नयाँ सरकार गठन आह्वान

पर्वत पोर्तेल

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका छन् । सरकार गठनका लागि खापुङले वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका हुन् । नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएसँगै सोही उपधाराअनुसार चयन भएका बहालवाला मुख्यमन्त्री केदार कार्की पदमुक्त भएका छन् । 

कोशीमा नयाँ सरकार गठनका लागि आह्वान

कोशीमा नयाँ सरकार गठनका लागि आह्वान

पर्वत पाेर्तेल

कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार नै वैशाख २८ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

कोशीमा सत्ता किचलो

कोशीमा सत्ता किचलो

पर्वत पोर्तेल

कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया थाल्न बुधवार अपरान्ह प्रदेश प्रमुख पर्शुराम खापुङलाई ध्यानाकर्षण पत्र बुझाए । दलहरुको पत्र बुझेपछि हतारिदै प्रदेश प्रमुखले भने, ‘म कानुनी परामर्शमा छु । संविधान र कानुनी अभ्यासलाई मध्यनजर गर्दै अध्ययन गरेर चाँडै निर्णय लिने छु ।’ 

तुम्लिङटारमा दुई सातापछि उडान

तुम्लिङटारमा दुई सातापछि उडान

दीपेन्द्र शाक्य

विमानस्थल वरपरको डाँडामा थुप्रिएको तुवाँलो हटेपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा २ सातापछि बुधबार उडान भएको छ । वैशाख १० पछि तुम्लिङटारको भिजिबिलिटी १ किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो ।

कोशी बाट थप
बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

अबधेशकुमार झा

सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन्।

लाइसेन्स नभएका चालकलाई कारबाही

लाइसेन्स नभएका चालकलाई कारबाही

शिव पुरी

विभिन्न बजारहरुमा सवारी चालक अनुमति पत्र नलिई चलाएका ई–रिक्सा र टेम्पो चालकहरु माथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगापुर अन्तर्गतको गौरबाट खटिएको संयुक्त चेकिङ टोलीले चालक अनुमति पत्रबिना नै सवारी चलाउनेलाई कारबाही गरेको हो । 

नारायणी अस्पतालमा एमआरआई सेवा अवरुद्ध

नारायणी अस्पतालमा एमआरआई सेवा अवरुद्ध

भूषण यादव

नारायणी अस्पतालमा सञ्चालनमा आएको ६ महिना बित्न नपाउँदै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ । दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजीमा महँगो शुल्क तिर्न बाध्य छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले करिब दोब्बर मूल्य लिने गरका छन् ।   

साउदीमा मृत्यु भएका साहको शव कुर्दै परिवार  

साउदीमा मृत्यु भएका साहको शव कुर्दै परिवार  

ओमप्रकाश ठाकुर

वैदेशिक रोजगारीमै रहेका बेला सर्लाही मानपुरका २८ वर्षीय अरबिन्द साहको मृत्यु भएपछि परिवार दुई सातादेखि शव कुरेर बसेको छ । गत १२ गते सउदी अरबस्थित एक कम्पनीमा काम गर्ने क्रममा उनको दुर्घटना परी मृत्यु भएको खबर आएपछि परिवार गहिरो शोकमा डुबेका छन् ।

पेस्तोलसहित नेपाली युवा रक्सौलमा पक्राउ

पेस्तोलसहित नेपाली युवा रक्सौलमा पक्राउ

भूषण यादव

वीरगन्ज–रक्सौल स्थित सीमामा रहेको मितेरी पुलबाट भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले एक नेपाली युवकलाई हतियारसहित पक्राउ गरेको छ ।

हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ 

हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ 

शंकर आचार्य

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले नगद १३ लाख १५ हजार रुपैयाँसहित वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज–२२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेका छन् । 

मधेस बाट थप
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

रासस

नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् ।

नगर प्रहरीलाई कुट्पिट गरेको अभियोगमा ४ जना पक्राउ

नगर प्रहरीलाई कुट्पिट गरेको अभियोगमा ४ जना पक्राउ

ज्योती श्रेष्ठ

नगर प्रहरीलाई कुटपिट गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बनेपाले ४ जनालाई पक्राउ गरेको छ ।

चेपाङ बस्तीमा बाँसले बारेर कक्षा-८ पढाउने सुरसार

चेपाङ बस्तीमा बाँसले बारेर कक्षा-८ पढाउने सुरसार

रमेशकुमार पौडेल

आदिवासी चेपाङ समुदायका बालबालिका मात्रै पढ्ने पहाडी गाउँ लोथरको कालिटारमा कक्षा-८ को पढाइ सञ्चालन गर्न विद्यालयले अनुमति पाएको छ । तर विद्यार्थी राखेर पढाउने कक्षाकोठा छैन । बाँसको कप्टेराले बारेको सानो छाप्रोमा कक्षा चलाउनु परेपछि स्थानीय खिन्न छन् ।

नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते  

नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते  

कान्तिपुर संवाददाता

जिल्लाको बेलकोटगढी नगरपालिका ८ शिरखालीमा मंगलबार स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।  

हेलम्बुमा डढेलो लगाउनेबारे सूचना दिनेलाई ५० हजार

हेलम्बुमा डढेलो लगाउनेबारे सूचना दिनेलाई ५० हजार

अनिश तिवारी

हेलम्बु गाउँपालिकाले डढेलो लगाउने व्यक्ति या समूहबारे सूचना दिनेलाई ५० हजार पुरस्कार दिने जनाएको छ । जथाभावी वनमा डढेलो लाग्दा स्वास्थ्य तथा सिंगो वातावरणमा नकारात्मक प्रभाव परेको भन्दै गाउँपालिकाले सूचना जारी गरी पुरस्कारबारे जानकारी दिएको हो ।

चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला

चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला

रमेशकुमार पौडेल

चितवन निकुञ्ज क्षेत्रमा एकै दिन बाघ र गैंडा मृत भेटिएका छन् । मंगलबार निकुञ्जकाे मध्यवर्ती क्षेत्रमा रहेकाे नवलपरासी कावासाेती-१५ काे गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैंडा मृत भेटिएकाे छ । गैंडाकाे खाग र खुर सुरक्षित छ ।

वाग्मती बाट थप
माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

आश गुरुङ

लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

प्रकाश बराल

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले दुई वर्षदेखि आफ्नो पालिकाभित्रका केही स्थानमा नयाँ नापी गरिदिन माग गरिरहेका छन् । तर उनको मागको सुनुवाइ भएको छैन ।

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

सम्झना रसाइली

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक चार लेन विस्तारको क्रममा छ । विस्तारमा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदा यात्रुहरुले सकस झेल्नुपरेको छ । 

कावासोतीमा गैंडा मृत फेला 

कावासोतीमा गैंडा मृत फेला 

नवीन पौडेल

पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती वनमा गैंडा मृत फेला परेको छ ।

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अधिकारीले सोमबार एमालेबाट सीताकुमारी सुन्दास र वेदबहादुर गुरूङ (श्याम) लाई मन्त्री नियुक्त गरेका हुन् ।

आगलागीले २४ दिनमा १२ सय हेक्टर वन सखाप

आगलागीले २४ दिनमा १२ सय हेक्टर वन सखाप

प्रकाश बराल

वैशाख महिनाभर बागलुङका २७ वटा सामुदायिक वनमा लागेको आगोले १ हजार २ सय हेक्टर जमिनको वन क्षेत्र सखाप भएको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो बस्तीमा सल्किएर ठूलो जनधनको क्षति भएको छ ।

गण्डकी बाट थप
तस्करीका गोरुसहित दुई ट्रक नियन्त्रणमा लिइ भन्सार पठाइयो

तस्करीका गोरुसहित दुई ट्रक नियन्त्रणमा लिइ भन्सार पठाइयो

माधव अर्याल

पाल्पाको रामपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय रामपुरले तस्करीको गोरुसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । रुपन्देहीको बुटवलदेखि पाल्पा हुँदै कालीगण्डकी करिडोर सडक (सिद्धार्थ राजमार्गको पिपलडाँडा–रामपुर–गैडाकोट) भएर तस्करी गरिएका गोरु इलाका प्रहरी कार्यालय रामपुरको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

रैनादेवीछहरा गाउँपालिकामा मोबाइल एप्सबाटै सेवा

रैनादेवीछहरा गाउँपालिकामा मोबाइल एप्सबाटै सेवा

माधव अर्याल

सुशासन, पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले मोबाइल एप्सबाट सेवा प्रदान सुरु गरेको छ । गाउँपालिकाले प्रदान गर्ने सबै सेवा सुविधाहरुलाई अनलाइनमार्फत सेवाग्राहीले घर–घरमै पाउन मोबाइल एप्स सुरु गरेको अध्यक्ष रुक्मांगत भट्टराईले जानकारी दिए ।

हरेक आइतबार लुम्बिनी मन्त्रिपरिषद् बैठक

हरेक आइतबार लुम्बिनी मन्त्रिपरिषद् बैठक

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारले कामको समीक्षा गर्दै आगामी योजना बनाउन हरेक साता आइतबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने निर्णय गरेको छ । चैत २४ गते मुख्यमन्त्रीमा नियुक्त भएर २५ गते पदभार ग्रहण गरेका मुख्यमन्त्री जोखबहादुर महराले पाँच पटक मन्त्रिपरिषद् बैठक सञ्चालन गरे ।

लुम्बिनीका जिल्लामा एमाले अधिवेशनको चहलपहल

लुम्बिनीका जिल्लामा एमाले अधिवेशनको चहलपहल

घनश्याम गौतम

एमालेको पार्टी संरचनामा प्रभावशाली नेताहरू धेरै भएको लुम्बिनी प्रदेशका जिल्लाहरूमा अहिले अधिवेशनको क्रम चलिरहेको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ४ जिल्लाको अधिवेशन भईसकेको छ । कपिलबस्तुमा बुधबार जारी छ । अन्य ७ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । 

भन्सार छलीको कपडासहित मिनी ट्रक नियन्त्रणमा

भन्सार छलीको कपडासहित मिनी ट्रक नियन्त्रणमा

माधव ढुंगाना

भैरहवा भन्सार कार्यालयको गस्ती टोलीले भन्सार छली गरिएको कपडासहित ढुवानीमा प्रयोग गरिएको एउटा मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

उपक्षेत्रीयकै संरचनाका भरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

उपक्षेत्रीयकै संरचनाका भरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

दुर्गालाल केसी

बजेट अभावले आवश्यक संरचना बनाउन नसक्दा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका योजना अन्योलमा परेका छन् । स्थापनाका सुरुआती वर्ष विवादैविवादमा फसेको प्रतिष्ठानले अहिले उपचारमा गुणात्मक सुधार गर्नुका साथै शैक्षिक कार्यक्रमसमेत सुरु गरेको छ । तर आवश्यक संरचना निर्माणका लागि बजेट नहुँदा योजना अन्योलमा परेका छन् ।

लुम्बिनी बाट थप
यारी भन्सारमा ६ महिनादेखि लागेको ताला अझै खुलेन

यारी भन्सारमा ६ महिनादेखि लागेको ताला अझै खुलेन

जनकबहादुर शाही

यारी नाका भन्सार कार्यालय हिल्सामा नियमित कर्मचारी नबस्दा राजस्व संकलन प्रभावित भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका यारी भन्सार कार्यालय हिल्सामा ६ महिनादेखि नहुँदा मासिक लाखौं रुपैयाँ राजस्व गुम्दै आएको हो ।

विद्यालयमा चट्याङ पर्दा २ शिक्षक र ३ विद्यार्थी घाइते 

विद्यालयमा चट्याङ पर्दा २ शिक्षक र ३ विद्यार्थी घाइते 

ज्योति कटुवाल

दैलेखको नौमुले गाउँपालिका ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा बुधबार दिउँसो २ बजेतिर चट्याङमा परी दुई शिक्षकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा कक्षा ५ मा अध्ययनरत छात्र ९ वर्षीय विश्व बिकास रावत, कक्षा ९ का यामबहादुर चन्द, कक्षा ७ का छात्रा १३ वर्षीयालक्ष्मी गुरुङ, शिक्षक रमेश सिंह ठकुरी, प्रेमबहादुर चन्द रहेका छन् ।

डढेलो निभाउन स्याउलाको भर

डढेलो निभाउन स्याउलाको भर

विप्लव महर्जन

कुमाख गाउँपालिका–५ स्थित काफलगेडी सामुदायिक वनमा गत आइतबार डढेलो लाग्दा एक सय हेक्टर वनमा क्षति पुर्‍यायो भने छेउको बस्तीमा पाँच घरगोठ जलेर नष्ट भए । डढेलोले नजिकको बस्ती जोखिममा पर्दा न गाउँमा पर्याप्त पानीको श्रोत थियो न त दमकल नै ।

गोठमा चट्याङ पर्दा ८ चौपाया मरे 

गोठमा चट्याङ पर्दा ८ चौपाया मरे 

विप्लव महर्जन

गएराति गोठमा चट्याङ पर्दा सल्यानमा आठ चौपाया मरेका छन् । राति करिब १० बजे बन्गाड कुपिण्डे नगरपालिका-५ मैनेनीका लालबीर पुनको गोठमा चट्याङ पर्दा बाँधेर राखेका आठ पशु चौपाया मरेका हुन् । 

बगालमा भालु पस्दा तर्सिएर भिरबाट हाम फालेका ७० भेडा मरे

बगालमा भालु पस्दा तर्सिएर भिरबाट हाम फालेका ७० भेडा मरे

डीबी बुढा

जुम्लामा भालु भेडाको बगालमा पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरेका छन् । तातोपानी गाउँपालिका ७ बारागाउँको थुमलचौर पाटनमा राखिएका भेडीखोरमा सोमबार राति २ बजेतिर भालु पसेको थियो । 

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना 

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना 

राजबहादुर शाही

डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । जेठ १० गतेबाट यार्सा संकलन कार्य सुरु गर्ने निर्णय भए पनि लुकिछिपी यार्सा टिप्न पाटन जाँदै गरेका ७४ जनालाई सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले भेटिएपछि पक्राउ गरेर जनही २ हजारका दरले  जरिवाना गरेर फिर्ता पठाएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय वरिष्ठ संरक्षण अधिकृत बिश्वबाबु श्रेष्ठले जानकारी गराए ।

कर्णाली बाट थप
महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

भवानी भट्ट

महाकाली नदीमा पानीको बहाब बढेपछि १० घण्टादेखि नदी बिचमै फसेका कामदार बिहीबार बिहान मात्रै नदी वारी आउन सकेका छन् ।  पानीको बहाब घटेपछि बिहीबार उनीहरु नेपाल तर्फ आउन सकेका हुन् ।

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

भवानी भट्ट

महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा निर्माण भएका घरटहरा भत्काइएको छ । बुधबार डोजर लगाएर खाद्यको जग्गा खाली गरिएको हो । 

महेन्द्रनगर विकास समितको जग्गा बिक्री प्रकरण : चार अध्यक्ष र कर्मचारी दोषी ठहर

महेन्द्रनगर विकास समितको जग्गा बिक्री प्रकरण : चार अध्यक्ष र कर्मचारी दोषी ठहर

भवानी भट्ट

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन बिक्री प्रकरणमा विशेष अदालतले तत्कालीन अध्यक्ष र कर्मचारीसहित ८ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतको सोमबारको फैसलाले ४ जना अध्यक्ष र ४ कर्मचारीलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको हो । विशेष अदालतले सोमबार अख्तियारले दर्ता गरेका मुद्दाकै आधारमा फैसला गर्दै अध्यक्षसहित नगर विकासका कर्मचारीहरुलाई दोषी ठहर गरेको छ ।

बझाङमा चट्याङ लागेर ४ जना घाइते

बझाङमा चट्याङ लागेर ४ जना घाइते

वसन्तप्रताप सिंह

खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ ७:१५ बजे आइते रावतको घरमा चट्याङ पर्दा नजिकै रहेका चार जना घाइते भएका हुन् ।

गृह सचिव नेतृत्वको टोली दार्चुलाको ब्यासमा

गृह सचिव नेतृत्वको टोली दार्चुलाको ब्यासमा

मनोज बडू

गृह मन्त्रालयका सचिवसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू भ्रमणको सिलसिलामा दार्चुला पुगेका छन् । मंगलबार बिहानै हेलिकप्टरबाट गृह सचिवसहित सुरक्षा प्रमुखको टोली दार्चुला पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

हेल्थ डेस्कका कर्मचारी ९ महिनादेखि तलबविहीन

हेल्थ डेस्कका कर्मचारी ९ महिनादेखि तलबविहीन

भवानी भट्ट

कोरोना संक्रमणका बेला सुदूरपश्चिमका नाकाहरुमा धमाधम हेल्थ डेस्क स्थापना भए । कर्मचारी पनि भर्ना गरिए । जोखिम मोलेर स्वास्थ्यकर्मीहरुले परीक्षण पनि गरे । अहिले पनि नाकामा कोरोना संक्रमणदेखि, मलेरिया, क्षयरोग र एचआईभीलगायतको परीक्षण भइरहेको छ । तर नाकामा जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु भने ९ महिनादेखि तलबविहीन भएर काम गरिरहेका छन् ।

सुदूरपश्चिम बाट थप

निजी क्षेत्रको मनोबल उच्च बनाउने बजेट ल्याउँछौं : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने प्रतिबद्धता जनाएका छन् । बिहीबार आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन  प्रशासनिक, आर्थिक नीति नियम र व्यवसायीक वातावरण बनाउने गरी फरक–फरक छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम भइरहेको बताए । 

युरोपेली च्याम्पिन्स लिग : बायर्नलाई स्तब्ध पार्दै रियल फाइनलमा

रियल म्याड्रिडले सनसनीपूर्ण पुनर्आगमन रच्दै बुधबार युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ । उसले सेमिफाइनल दोस्रो लेगमा बायर्न म्युनिकलाई २–१ ले हरायो ।

हैदरावादको दस विकेटको जित

ओपनर ट्रेभिस हेड र अभिषेक शर्मा दुवैले नटआउट अर्धशतक बनाएपछि सनराइज हैदरावादले आईपीएल २०२४ मा बुधबार लखनउ सुपर जायन्टसलाई अविश्वसनीय रूपमा दस विकेटले पराजित गरेको छ । यो जितले हैदरावादको प्ले–अफ सम्भावना पनि बलियो बनेको छ ।

फुटबलले जोडेको सम्बन्ध

इंग्ल्यान्ड ‘सी’ र नेपाली राष्ट्रिय फुटबल टिमबीच मे ६ मा पहिलो पटक ऐतिहासिक मैत्रीपूर्ण फुटबल खेल भयो । नेपालीको उल्लेख्य उपस्थिति रह्यो अल्डरसट सहरमा । 

प्रशिक्षक कपालीलाई दुई छनोट प्रतियोगिताको जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा भाग लिने खेलाडीको छनोट प्रतियोगिता गर्ने जिम्मेवारी दिएको छ ।

'सतीदेवी' साउन ४ बाट प्रदर्शनमा आउने

चलचित्र ‘सतीदेवी’को प्रदर्शन मिति तय भएको छ । चलचित्र ०४ साउनबाट देशभर प्रदर्शन हुनेछ । प्रदर्शन मिति सार्वजनिक गर्दै निर्देशक,निर्माता लक्ष्मण सुवेदीले अन्य चलचित्र नजुधाउन अनुरोध गरेका छन् ।

सन् १९८६ मा आजकै दिन : सगरमाथा आरोही नोर्गेको निधन

सन् १९८६ मा आजकै दिन (मे ९) मा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेको निधन भएको थियो । नेपालको सोलुखुम्बुमा सन् १९१४ मे २९ मा जन्मिएका नोर्गेको ७१ वर्षको उमेरमा दार्जिलिङमा निधन भएको थियो । 

अशान्त अमेरिकी विश्वविद्यालय

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेको आठ महिना पुगिसकेको छ । इजरायलले व्यहोरेको अप्रत्याशित आक्रमणमा करिब १ हजार २ सय इजरायली तत्काल मारिए । घाइते भएका सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए । त्यसका साथै २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लैजान हमास सफल भएको थियो । 

सन् २०१६ मा आजकै दिन : लन्डनमा पहिलो मुस्लिम मेयर 

सन् २०१६ मा आजकै दिन (मे ८) मा बेलायती राजधानी लन्डनको मेयरमा सदिक खान निर्वाचित भएका थिए । लेबर पार्टीबाट उम्मेदवार बनेका खानले कन्जरभेटिभका ज्याक गोल्डस्मिथलाई पराजित गरेका थिए । 

भारतीय लोकसभा निर्वाचन : तेस्रो चरणअन्तर्गत ९२ सिटमा मतदान हुँदै

भारतमा लोकसभाको तेस्रो चरणको निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । तेस्रो चरणअन्तर्गत विपिन्न ११ राज्य र केन्द्र शासित प्रदेशका ९२ सिटमा चुनाव भइरहेको छ ।

सन् २००० मा आजकै दिन : रुसको राष्ट्रपतिमा पुटिन 

सन् २००० मा आजकै दिन (मे ७) मा भ्लादिमिर पुटिनले रुसी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । रुसमा २००० मार्च २६ मा भएको चुनावमा पुटिन ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए । 

रिलमा पनि छोरीको दुःख देख्न नसक्ने आमा

शिरैमा सिन्दूर आहा, गलामा पोते आहाधोती र चोली आहा, घुम्टो र डोली आहाछमछम हातैका चुराले, रमझम रातैका कुरालेम बाँधिएकी हुँ या सजिएकी हुँ ?बुझिनँ मैले, बुझाइदेऊ कसैले !समीक्षा अधिकारीको स्वर, प्रकाश सपुतको शब्द–संगीतमा तबलाको ताल, रातो फरिया–चोली, निधारमा ठूलो रातो टीका, शिरमा सिन्दूरसहित दियो वरपर मस्त नाचिरहेकी देखिन्छिन्– केकी अधिकारी । उनलाई शंका छ, चुरा–पोते–धोती–डोलीमाथि । र, उनको प्रश्न छ, यी सबै शृंगारले म सजिएकी हुँ कि बाँधिएकी हुँ ?

भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बुधबार भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गरेकी छन् । उनले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिएकी छन् । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.